नेपाल ट्रेड युनियन काङ्ग्रेस कञ्चनपु जिल्ला कार्य समितिको तिज मिलन तथा शुभकामना आदानप्रदान

Published by:

Published on:

महेन्द्रनगर । नेपाल ट्रेड युनियन काङ्ग्रेस कञ्चनपु जिल्ला कार्य समितिको तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु महिला दिदिबहिनिहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर नेपाल ट्रेड युनियन काङ्ग्रेस कञ्चनपु जिल्ला कार्य समितिको तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार काङ्ग्रेस पार्टि कार्यालयमा आयोजित कार्यक्रममा ट्रेड युनियनकर्मी,नेपाली काङ्ग्रेसमा आवद्ध बिशिष्ट व्याक्तित्व लगाएतको उपस्थिति रहेको थियो । प्रमुख अतिथि रहनुभएकी भीमदत्त नगरपालिकाकी नगर उप प्रमुख निलम लेखक जोशीले तिज पर्बलाई मर्यादित रुपमा मनाउन समपुर्ण महिला दिदिबहिनिहरुलाई आग्रह गरेकी छन् । तिज पर्व हिन्दु नारीहरुको महान पर्व हो, यसलाई मर्यादित तरिकाले मनाउने हाम्रो कर्तव्य हो । नेपाल ट्रेड युनियन काङ्ग्रेस कञ्चनपु जिल्ला कार्य समितिकी अध्यक्ष मालती पन्तले हरितालिका तिज पर्व परापुर्व कालदेखि चली आएको संस्कृती भएकोले यसलाई जर्गना गर्नु पर्ने बताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार