महेन्द्रनगर । प्रेस युनियन कञ्चपुरमा आवद्ध महिला पत्रकारहरुको तिज बिषेश शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कञ्चनपुर जिल्लाबाट संञ्चालित आभाष डट कम,महाकाली टुडे,एन्जिल टाईम्स,र लिपुलेक खबरको सयुक्त आयोजनामा हरितालिका तिजको शुभकामना आदान प्रदान तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।
कञ्चनपुरबाट संचालित रहेका आभाष डट कम,महाकाली टुडे,एन्जिल टाईम्स,र लिपुलेक खबरको सयुक्त आयोजनामा हरितालिका तिजको शुभकामना आदान प्रदान तथा तिज विशेष कार्यक्रमको आयोजना गरेको हो ।
विगत लामो समय देखि नेपाल पे्रस युनियन कञ्चनपुरमा आवद्धरहेका विशिष्ट व्याक्तित्व तथा प्रेस युनियन कञ्चपुरमा आवद्ध महिला पत्रकारहरुको तिज बिषेश शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न युनियनमा आस्था राख्ने महिला दिदिबहिनिहरुसं महिला दिदिबहिनिहरुको महान चाँड हरितालिका तिजको सुभकामना आदान–प्रदान तथा तिज विशेष कार्यक्रमको आयोजना गरिएको आभाष डटकमकी कार्यकारी सम्पादक, नेपाल प्रेस युनियन कञ्चनपुरकी सदस्य तथा तिज विषेश कार्यक्रमकी अध्यक्ष ऐश्वर्या कुवँर बताउनु भयो ।
कुवँरले यस्ता किसिमका कार्यक्रले समाजिक सद्भाव तथा सांगठनिक रुपमा आत्मीयताको सम्बन्ध बढाउने,आफ्नो धार्मीक तथा सांस्कृतिक परम्परा रितिरिवाजको जगेर्ना गर्ने मुख्य टेवा पुर्याउने बताउनु भयो। कार्यक्रमको विशिष्ट अतिथि रहनुभएकी नेपाल प्रेस युनियन कञ्चनपुरकी परिष्ठ नेत्री तथा सदस्य सर्मीला जैरुले प्रेस युनियनका भाईबहिनिहरुको न्यानो माया र सम्मना प्रति आभार प्रकट गर्नु भयो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशकी उपाध्यक्ष हेमन्ती चौधरी,विशिष्ट अतिथि नेपाल पत्रकार महासंघकी निवर्तमा उपाध्यक्ष दुर्गा उपाध्यया, नेपाल प्रेस युनियन कञ्चपुरकी वरिष्ट नेत्री सर्मीला जैरु रहनुभएको थियो भने कार्यक्रममको अध्यक्षता अभाष डट कम की कार्यकारी सम्पादक ऐश्वर्या कुवँरले गर्नु भएको थियो ।कार्यक्रम संञ्चालन नेपाल प्रेस युनियन कञ्चनपुरका सचिव देबेन्द्र खड्काले गरेका थिए ।

