महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारीस्थित टिनको छाप्रोमा लुकाइराखिएको मोबाइल पार्ट्स विशेष सूचनाका आधारमा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोलीले गरेको अपरेसनमा ३९ लाखभन्दा बढी मूल्यको मोबाइल पार्ट्स भारतबाट भित्र्याई बेवारिसे अवस्थामा फेला परेको हो।
सशस्त्र प्रहरी बलका अनुसार प्रहरी नायब उपरीक्षक ९डिएसपी० साजेन्द्र प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल टोलीले १० पोका सामान बरामद गरेको हो। बरामद सामानमा मोबाइल पार्ट्स, डाटा केबल र वायरलेस ब्लुटुथसहितको सामग्री रहेका छन्।
उक्त सामानहरूको मूल्य करिब रु। ५९ लाख ७३ हजार बराबर हुने प्रहरीले जनाएको छ। बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि सत्ति भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
