सेवा प्रवाह सहज र सरल बनाउन २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खाेल्ने गृहकाे तयारी

Published by:

Published on:

काठमाडौं । सरकारले सेवा प्रवाह सहज ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदकाे प्रशासन समितिमा पठाएकाे छ ।

प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलाे संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएकाे हाे ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रकाे जनसंख्या, भाैगाेलिक सुगमता र पहुँचबिच देखिएकाे असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ । आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयकाे याेजना छ । नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा दिँदै आउनु भएका गृहमन्त्री रमेश लेखकले नागरिकलाई सहज र सरल सेवा प्रवाहमा विशेष जाेड दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार