कञ्चनपुरकी सम्झना मृत्यु प्रकरणः श्रीमान पवन पुर्पक्षमा कारागार चलान,सासु साधारण तारेखमा ,ससुरा र दिदि धरौटिमा रिहा

Published by:

Published on:

तर मृतक सम्झना भट्टका माइती र आफन्तहरुले भने अदालतमा सहित आर्थीक चलखेल भएको हुन सक्ने भन्दै असन्तुष्टि ब्याक्त गरेका छन्।

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका –२ सिंहपाल टोलकी १८ बर्षीय सम्झना भट्ट साउन १८ गते पोइली घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन् ।

झुन्डिएको अवस्थामा मुत फेलापरेकी सम्झनाको मृत्युलाई सम्झनाका माईती पक्षले आतमाहत्या नभइ,आत्महत्या दुरुत्साहनको कारण भएको आशंका गरे ।

दाईजोको कारण शाररिक मानसिक,यातना दिएको र घरेलु हिंसा भएको कारण लगाएका कारण सम्झना भट्टको मृत्यु भएको भन्दै माइती पक्षले सम्झनाका श्रीमान पवन भट्ट,ससुरा हरिदत्त भट्ट,सासु किरण भट्ट,र पवनकी दिदि पुजा भट्टको नाममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आत्महत्या दुरत्साहनको किटानी जाहेरी दर्ता भयो ।


किटानी जाहेरी लगतै कञ्चनपुर प्रहरीले श्रीमान पवन,सासु किरण,ससुरा हरिदत्त भट्ट लगाएतका तिनै जनालाइ अनुसन्धानको लागि एक पछी अर्को गर्दै पक्राउ गर्यो। सम्झनाका माइतीको आरोप अनसुार सम्झना भट्टको मृत्यु प्रकरणको मुख्य अभियुक्त मानिएकी पवनकी दिदि पुजालाई भने प्रहरी तुरुन्तै पक्राउ गर्न असफल रह्यो ।

घटना पछी आश्रयको लागि पुजा काठमाडौ मा रहेका देवर सशस्त्र प्रहरीका डिएसपी सुरज भट्टकोघरमा लुकेर बसेको तर प्रहरीले पक्राउ गर्न नखोजेको भन्दै विद्यार्थीहरुले प्रहरीलाई पक्राउ गर्न दबाव दिदै दुई दिन सडक आन्दोलन समेत गरे ।घटना घटेको एक हप्ता पछी कञ्चनपुर प्रहरीले पुजा भट्टलाई धनगढी विमास्थलबाट नियन्त्रणमा लियो ।

१७ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका श्रीमान् पवन भट्टलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ भने सोही प्रकरणमा पक्राउ परेका सम्झनाका ससुरा हरिदत्त भट्ट र पुजा भट्टलाई जनही रु एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने सासू किरण भट्टलाई साधारण तारेखमा छोडिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, आत्महत्या दुरुत्साहनको किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान्, सासू, दिदी र ससुरालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो ।

तर मृतक सम्झना भट्टका माइती र आफन्तहरुले भने अदालतमा सहित आर्थीक चलखेल भएको हुन सक्ने भन्दै असन्तुष्टि ब्याक्त गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार