कञ्चनपुरमा एसईई उत्तीर्ण विद्यार्थीलाई वडा कार्यालयले दियो जनही ५ हजार नगद पुरस्कार

Published by:

Published on:

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ स्थित जनज्योति माविबाट २०८१÷८२ को एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीलाई वडा कार्यालयले नगद पुरस्कार दिएको छ ।

विद्यार्थीहरुलाई प्रोत्साहका लागि जनही ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । वडा अध्यक्ष ओमप्रकाश रोकायाले विद्यार्थीहरुलाई पुरस्करा प्रदान गरे ।

उनले आगामी दिनमा पनि पुरस्कार वितरण कार्यक्रमलाई निरन्तरता दिने बताए । जनज्योति माध्यमिक विद्यालय दोधारा चाँदनी नगरपालिकाको नमूना घोषित विद्यालय हो । विद्यालयमा कार्यक्रम गरी पुरस्कार वितरण गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार