दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणका बेला शिलान्याश हुने: गृहमन्त्री लेखक

Published by:

Published on:

महेन्द्रनगर। गृहमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणका बेला शिलान्याश हुने बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर ३ प्रशिक्षण विभागले दोधारा चाँदनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुबै देशका प्रधानमन्त्रीले दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह निमार्णको संयुक्त रुपमा शिलान्यास गर्ने बताउनुभएको हो । “दोधारा चाँदनीमा देशकै सबैभन्दा ठुलो सुख्खा बन्दरगाह बन्छ दोधारा चाँदनी देशकै ठुलो नाका बन्छ ।” उहाँले भन्नुभयो–“बन्दरगाहको शिलान्याश प्रधानमन्त्रीको भारत भ्रमणमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्याश गर्ने कार्यक्रम छ ।” उहाँले दुबै देशका प्रधानमन्त्रीले शिलान्याश गर्ने भएकाले पनि यो सुख्खा बन्दरगाहाको महत्व बढि रहेको बताउनुभयो । दोधारा चाँदनीमा पछिल्लो समय विकासका कामले तीब्रता पाएको छ ।  

कुनै बेला आकाशमा बादल देख्ने बित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा चाँदनी अहिले महाकाली नदी र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षति बनेको उहाँको भनाई छ । “महाकाली नदीमा देशकै ठुलो पक्की पुल बनेको यहाँ अस्पताल र क्याम्पसहरु बनेका छन ।” गृहमन्त्री लेखकले भन्नुभयो–“जोगबुढा नदीमा बाकिँ रहेको स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षति गरिन्छ,त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।” त्यसैगरि उहाँले मुलुकमा संविधान निमार्णका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भुमिका रहेको बताउदै संविधानको रक्षा पनि नेपाली कांग्रेसले गर्नुपर्ने धारणा राख्नुभयो ।

गणतान्त्रीक शासन व्यवस्थालाई सदृढगर्नका लागि समेत कांग्रेसको भुमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । संविधानको व्यवस्थालाई सुनिश्चिित गरेको बताउनुभयो । वर्तमान सरकारले नितिगत र कानुनी सुधार भएको बताउदै त्यसमाकर्मचारीको ठुलसहयोग रहेको उहाँको भनाई थियो ।गृहमन्त्री लेखकद्धारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
गृहमन्त्री रमेश लेखकले शनिबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
यसै साता आएको बाढीले जोबगुढा नदीको बाँध भत्काएर बस्ती पस्दा दोधारा चाँदनी नगरपालिकाका पटराखल्ला,सुन्दरबस्ती रामपुरे टापु र जर्गामा ५७ घर डुबानमा पर्दा डेढसय मानिस विस्थापित भएका थिए ।  उक्त बाँध भत्काएको क्षेत्रको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले यसै आर्थिक वर्ष जोगबुढा नदीबाट बस्ती जोगाउन तटबन्ध निमार्ण गर्ने गरि बजेट विनियोजन भइसकेको बताउनुभयो । “महाकाली नदी र जोगबुढा नदीले दोधारा चाँदनीमा हरेक वर्ष बाढीबाट प्रभावित हुदै आएको छ ।” उहाँले भन्नुभयो–“बाढीबाट दोधारा चाँदनी जोगाउनका लागि महाकाली नदी र जोगबुढा नदीका धेरै स्थानमा तटबन्ध निमार्ण भइसकेको छ बाँकि रहेको ठाउँमा पनि टतबन्ध निमार्ण गर्न बजेट विनियोजन भएको छ यसै वर्ष काम हुन्छ ।”


कुनै बेला आकाशमा बादल देख्ने बित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा चाँदनी अहिले महाकाली नदी र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षति बनेको उहाँले बताउनुभयो । यहाँका बाढी विस्थापितहरुले गृहमन्त्री लेखकसंग सरकारले राहत भन्दा पनि बस्ती जोगाउन तटबन्ध गर्नुपर्ने माग गरेका छन । बाढीले दोधारा चाँदनी नगरपालिका –८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका थिए । त्यसैगरि दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर र दुईवटा सशस्त्र प्रहरीका बिओपी समेत विस्थापित भएका थिए ।

१० वर्षसम्म नबनेका कानुन अहिलेको सरकारले बनायो
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुनी नितिगत सुधार र शुसासनका काम गरेको बताउनुभएको छ ।
शनिबार महेन्द्रनगरमा निजामति सेवा दिवसको असवरमा महाकाली प्रादेशीक अस्पतालमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले   तीन÷तीन महिनामा सरकार परिवर्तन हुन थालेपछि दुई ठुला पार्टी मिलेर स्थायी सरकार बनाउनु परेको बताउनुभयो ।


सरकारले लामो समय काम गर्न नसके परिणाम दिन नसक्ने भन्दै वर्तमान स्थायी सरकारले १३ महिनामा केहि परिणाम प्राप्त भएको उहाँको भनाई थियो । “अहिले सरकारले कानुन र नितिगत सुधारलाई प्राथमिकता दिएका छौ २०७२ सालमा संविधान बनेपनि कर्मचारीहरुको जिम्मेवारी बाडफाँडका लागि कानुन बन्न सकेको थिएन ।” गृहमन्त्री लेखकले भन्नुभयो–“अहिले सरकारले निजामति कर्मचारी ऐन,शिक्षा ऐन लगायतका ऐनहरु पारित हुने क्रममा छन ।” उहाँले निजामति कर्मचारी ऐन यहि महिनाभित्र पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कार्यान्वयनमा आउने बताउनुभयो । “१० वर्षसम्म बन्न नसकेको कानुन निमार्ण भएर अब प्रशासकिय संघियता सुनिश्चित हुन्छ ।” उहाँले भन्नुभयो–“संविधानले बुबा र आमा दुबैलाई आफ्ना संतानलाई नागरिता दिन समान किसिमको व्यवस्था संविधानले गरेको थियो तर १० वर्षसम्म कानुन नबनेका कारण आमाका नामबाट नागरिकता दिन सकिएको थिएन ।” उहाँले सरकारले नागरिकता ऐन ल्याएर आमाका नामबाट समेत संतानले नागरिकता पाउने संविधानको व्यवस्थालाई सुनिश्चिित गरेको बताउनुभयो । वर्तमान सरकारले नितिगत र कानुनी सुधार भएको बताउदै त्यसमा कर्मचारीको ठुलो सहयोग रहेको उहाँको भनाई थियो ।

ताजा समाचार

सम्बन्धित समाचार