एक हप्ता देखि बन्द पश्चिमी नाका गड्डाचौकी पुर्ण रुपमा सुचारु,निजी सवारीसाधन पनि लग्न पाउने

Published by:

Published on:

महेन्द्रनगर । एक हप्ता देखि बन्द रहेको नेपाल भारत सिमा गड्डाचौकी आईतबार साझ बाट पुर्णरुपमा खुलेको छ ।

२३ भदौ मा जेन–जीले देशको अवस्था र ब्यावस्था परिवर्तको लागि गरेको आन्दोलन पछी देश निकै भयावह परिस्थितीमा गएको थियो । सो कुरालाई मध्यनजर गर्दै नेपाली सेनाले कफ्र्यु लगाएको थियो भने देशभरका दशौ हजार भन्दा माथि कैदिबन्दी कारागार तोडफोड र आगजनी गरेर परार रहेका थिए ।

सुरक्षाको कारण देखाउदै भारतले नेपालसंग जोडिएका सिमानाकामा आवत जावत ठप्प पारेको थियो ।ठप्प रहेका नेपाल भारत जोड्ने सिमानाकामा नाकामा विस्तारै आवत–जावतमा सहजता भईरहेको छ भने कञ्चनपुर जिल्लाको पश्चिमी सिमानाका गड्डाचौकी भने पुर्ण रुपमा सुचारु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आईतबार बिहान देखि लागू अुने गरी निषेधाज्ञ हटाएको संगै कञ्चनपुरको जनजिवन सामान्य बन्दै गइरहेको छ । कैदीबन्दी फरार पछी ठप्प रहेका सिमानाका पुर्णतया खुलेपनि भारतीय सिमा सुरक्षाबल एसएसबीले चेकजाँच भने कडा पारेको छ ।

शनिबार सम्म भारतीय आधार कार्ड,रासन कार्ड,अथवा मतदाता परिचयपत्र तिन मध्य एक प्रमाण पेश गर्दा एसएसबीले नेपालबाट भारत प्रवेश गर्ने दिएको थियो भने भारतबाट नेपाल आउने नेपालीको हकमा नेपाली नागरिकता देखाएर नेपाल प्रवेश गर्न दिएको थियो।

तर आज आईतबार साझबाट पुर्ण रुपमा नाका खुले संगै नेपालीको हकमा नेपाली नागरिकता र बालबालिकाको हकमा जन्म दर्ता भए निर्वाद रुपमा भारत जान पाउने भारतीय सिमा सुरक्षाबलका वरिष्ट सहायक कमान्डेट दिनेस यादवले बताए ।शनिबार सम्म दुई पाग्रे नेपाली सवारीसाधनलाई भारत प्रवेशमा रोक लगाएको थियो भने नाका पुर्णतया खुले संगै सवारीसाधन पनि चल्न थालेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार