कञ्चनपुर जेनजी आन्दोलन पछि पुर्व प्रधानन्यायाधीश शुशिला कार्की नेतृत्वमा बनिरहेको सरकारमा सुदूरबाट पनि मन्त्री बनाउनुपर्ने धारणा सार्वजनिक भईरहेका छन ।
कञ्चनपुरका कृष्णदत्त जोशी(बोक्सर)देखिका समाजसेवीको नाम पनि आईरहेको छ । समाजिक सञ्जालमा बोक्सरले कोरोना महामारीका बेला महाकाली अस्पतालको मुहारे फेरेर जनतालाई मृत्युबाट जोगाएको आवाज उठिरहेका छन ।
नेकपा माओवादी केन्द्रकै पालमा महाकाली प्रादेशिक अस्पतालकोे नेतृत्व सम्हालेका पुर्व माअोवादी नेता शिक्षक नेता जस्ता समाजसेवीलाई शिक्षा तथा स्वास्थ्यमन्त्रीको जिम्मेबारी दिनुपर्ने चौतर्फि माग बढिरहेको छ ।
तत्तकालिन अवस्थामा माओवादी पाटीले विश्वास गरेर बोक्सरलाई अस्पताल सुधारको जिम्मेबारी दिएका थिए । माअोवादीकै नीति, सिद्धान्त अनुरुप जनसेवामा खटिएका बोक्सरले अस्पताल सुधार गरेर चर्चा कमाएका थिए ।
बोक्सरले माअोवादी हुँदा जनतालाई गरेको सेवाको उच्च कदर गर्दै सम्मान स्वरुप भएपनि सच्चा पुर्व माअोवादी नेता एव समाजसेवीलाई छुटाउन नहुने उनको सुभचिन्तकहरुकोे भनाई छ ।
माअोवादीबाटै ठुलो पहिचानदेखि जिम्मेबारी पाएर समाजसेवामा खटिएका बोक्सर जस्ता जनमुखी समाजिक व्यक्तित्वलाई छुटाउन नहुने चौतर्फि सुझाव आएको छ ।
