महेन्द्रनगर । महिला सशक्तिकरण केन्द्रका ससस्या पहिचान तथा समाधान–वकालत÷पैरवीका लागि १ दिने योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ ।
निड्स नेपाल कञ्चनपुर ओक्सफाम नेपालको प्राविधिक सहयोग र कोईका नेपालको आर्थीक सहयोगमा १ दिने योजना निर्माण कार्यक्रम सम्पन्न भएको हो । निड््स नेपालले जिल्लाको भीमदत्त नगरपालिकामा रहेका १९ वडामा २० वटा महिला सशक्तिकरण केन्द्र समुह गठन गरेर काम गरिरहेको महिला सशक्ति करण कार्यक्रम संयोजक नविन भट्टले बताएका छन् ।
भट्टले यो कार्यक्रम अन्र्तगत संस्थाले प्रत्येक महिला सशक्तिकरण केन्द्रमा भएका समस्याहरु पहिचान गरेको र त्यो समस्याहरुलाई समाधान गर्नेका लागि सरोकारवाला निकाय संग समन्वय गर्नेको लागि संस्थाले वकालत पैरवी कार्यक्रम संञ्चालन गरेको बताएका छ। कार्यक्रममा सहभागीहरुले संस्थाले आयोजना गरेको समस्या समाधान र वकालत÷पैरवी कार्यक्रममले गाउँघरमै बसेर चुलोचौको सम्हाल्ने महिलाहरुलाई आफ्नो वडा,टोल,छिमेकमा भएका सजिलै पहिचान गर्ने र समाधान कसरी गर्ने भन्ने नोलो ज्ञान प्राप्त भएको बताए ।सहभागीहरुले वडा भित्र देखिएका समस्या र समस्याको समाधानको लागि के गर्ने सकिन्छ भन्ने कुरामा वकालत तथा प्रस्तुतीकरण गरेका थिए ।
