महेन्द्रनगर । कञ्चनपुरमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका ४ बस्ने डम्बर पनेरुका ३ बर्षका छोरा लक्की पनेरुको सर्पको टोकाइबाट मंगलबार मृत्यु भएको हो ।लक्कीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धगढी लगिएको थियो ।
उपचारको क्रममा रहेका लक्कीको मंगलबार राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बताएका छन् । ३ बर्षका लक्कीलाई आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा सर्पले टाउकोमा टोकेको थियो । टाउकोमा टोकेर गम्भीर अवस्थामा रहेका लक्कीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।
