महेन्द्रनगर १४ असोज । नेपाली समुदायको महान पर्व दशैँकै मुखमा कञ्चनपुरमा मासुमा कालोबजारी मौलाएको छ । गरिब, विपन्न समुदायले खानै नसक्ने गरेर खसीको मासु व्यवसायीले आफुखुसी मनपरी ढङगबाट मुल्य बृद्धि गरेका छन ।
जिल्ला मुकाम महेन्द्रनगर बजारमा रहेको मण्डीभित्र केही व्यवसायीले मुल्य बृद्धि गरेका छन, भने केहीले यथावत मुल्यमै बिक्रि वितरण गरिरहेका छन । यतिमात्रै नभई खसीको मासु भनेर बाख्रा, बोकाको मासु मिसावट समेत गरेर बिक्रि वितरण गरिरहेको स्वयम मासु व्यवसायीहरुले एक अर्कालाई आरोप प्रत्यारोपमा उत्रिएका छन ।
मुल दशैँ आउन दुई दिन बाँकी रहदा अष्टमीकै दिन मंगलबार प्रतिकिलो मासुमा एकै पटक सय रुपैया बृद्धि गरेका हुन । मण्डीभित्र कटिङ्ग मासुको मुल्य फरक फरक भएपछि उपभोक्ता मारमा परेका हुन ।
छेउमै रहेको एक मासु पसलमा खसीको ९सय र अर्को पसलमा १हजार रुपैया लिन थालेपछि उपभोक्ता ठगिन लागेका छन ।
प्रतिकिलोमा सय रुपैया बृद्धि गरेका भण्डारी मासु पसलका संचालक रामसिह भण्डारीले विगत चार बर्षदेखि मृल्य बृद्धि हुन नसक्दा मारमा परेकाले बृद्धि गरेकोे बताए ।
‘गत बैशाखमै मासुको मुल्य बढाउने सहमती भएको थियो, ‘उनले भने, ‘अहिले आएर दशैँको मुखमा बृद्धि ग¥यो भनेर दुष्प्रचार गरिदै छ, उपभोक्ता माथि अन्याय गरेका छैनौँ ।
उनले मुल्य बृद्धि नगर्ने व्यवसायीहरुले बदमासी गरिरहेको र खसीको मासुमा बोका,बाख्रीको मासु मिसाएर बिक्रि गर्दा उनीहरुलाई केही समस्या नभएको ठोकुवा गरेका छन । मासुको मुल्य बृद्धि नगरेका न्यू मल्ल मासु पसलका संचालक हर्क बहादुर मल्लले दशैँको मुखमा मण्डी भित्रका केही मासु व्यवसायीले बदमासी गरेको बताए ।
‘मैले त यो तिहारका बेला पहिलेकोे मुल्यमा मासु उपभोक्तालाई दिईरहेको छु, ‘उनले भने, ‘प्रति किलो मासुमा २५ रुपैयादेखि भुडी बच्छ ।’ उनले आफुले खसीको मासुमा अन्य बाख्री, बोकाको मासु बिक्रि नगरेको र राती काट्ने भन्दा बिहान लाईभ काट्नेमा फरक हुने बताए । उपभोक्ता जहरलाल लुहारले यसरी एकै स्थानमा रहेका मासु पसलमा फरक फरक मुल्य र खसी भन्दै बाख्री, बोकाको मासु भिडाउने काम गरेर उपभोक्तामाथि अन्याय गरेको दुखेसो पोखे ।
अर्का उपभोक्ता बिरादत्त भट्टले मण्डीभित्रै ठुलो कालोबजारीले उपभोक्ता मासु मात्रै होईन तरकारीमा पनि ठगिदै आएको बताए । ‘यो मण्डीभित्र पाईने सबै बस्तुमा हामी जहिल्यै ठगिदै आएका छौँ, ‘उनले भने, ‘यतिसम्मको ठगिदा समेत सरकार केही गर्दैन ।
’ उपभोक्तावादी प्रभुनिधी पन्तले स्थानीय सरकार सहित सरोकारवाला निकायकले प्रभावकारी बजार अनुगमन, नियमन नगर्दाको परिमाण आज उपभोक्ता आर्थिकदेखि अन्य विषयमा ठगिन लागेको बताए ।
उनले प्रभावकारी बजार अनुगमन गर्दा उपभोक्ता ठगिनबाट जोगिने बताए । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले खसीको मासुमा फरक फरक मृल्यमा बेचबिखन भईरहेको गुनासो आफुसंग पनि आएको बताए ।
‘यस मण्डीभित्र स्थानीय सरकार सहितका अन्य सरकारले मासुको मुल्य निर्धारण गर्दैन, ‘उनले भने, ‘पहिल्यैदेखि बजारको अवस्था अनुरुप व्यवसायी आफैले बृद्धि गर्दै आएका छन ।
’ दशैँको मुखमा यसरी मुल्य बृद्धि गर्दा मण्डीभित्र आउने उपभोक्ता मारमा पर्ने भएकाले यस तर्फ आवश्यक पहल गर्ने बताए । यसरी मण्डीभित्र हुने जथाभावि मासु एव तरकारीको मुल्य बृद्धिदेखि मापदण्ड विपरित बेचबिखन जस्ता कामकाजले उपभोक्ता मारमा पर्दै आएका छन ।
