महेन्द्रनगर असोज १५ । पुर्चौडीयत नगरपालिका बैतडीका नगर प्रमुख दिपक बहादुर बमलाई पुत्र शोक परेको छ ।
बमका कान्छा छोरा प्रान्जल बमको दशैको मुखैमा मंगलबार साझ मोटरसाइकल दुर्घटना परि निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रान्जको गोदावरी नगरपालिका वडा नम्बर १३ समिल नजिकै मोटरसाइकल दुर्घटना परेको थियो ।
प्रान्जल बम नगर प्रमुखका कान्छा छोरा हुन । केहि महिना अगाडिमात्र प्रान्जल बमकी आमा विदेश गएकी थिइन् । प्रान्जल बमको निधनको खबरले यतीखेर पुर्चौडी नगरपालिका शोकमा डुबेको छ ।
