पुनर्वासको ऐतिहासिक प्याराताल परिसरमा सेमिनार हल अन्तिम चरणमा

Published by:

Published on:

धनबहादुर बिक पुनर्वास २४ असोज। कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा रहेको ऐतिहासिक प्यारातालमा सेमिनार हल निर्माण कार्य सम्पन्न अन्तिम चरणमा पुगेको छ ।

३० फुट चौडाइ ६० फिट लम्बाइ को उक्त सेमिनार हलको पुनर्वास नगरपालिका ९ स्थित प्यारातालमा सम्पन्न हुन लागेको छ । सेमिनार हलको रंगरोगन र हलको मञ्चमा टायल्स बिछाउने कार्य मात्र बाँकी रहेको निर्माण कम्पनीका सञ्चालक दिलिप चन्दले जानकारी दिनुभयो।

संघिय सरकारको विनियोजित ९० लाख तथा पुनर्वास नगरपालिकाको २० लाख गरि १ करोड १० लाख बजेट मध्येबाट ७३ लाख ४९ हजार ६५६ रूपैया लागतमा सेमिनार हल तथा ८५ मिटर तटबन्ध तथा माटो भरान ठेकाको लागि बेलौरी नगरपालिका ३ मा रहेको गणेश निर्माण सेवाले पाएको थियो।कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ सांसद तारालामा तामाङको विशेष पहलमा उक्त बजेट विनियोजित गरिएको पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरबहादुर बिकले बताउनुभयो ।

आन्तरिक एबं बाह्य पर्यटन भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको प्याराताल परिसरमा सभाहल निर्माण भईसकेपछि , विभिन्न संघसंस्था तथा राजनिती पार्टीका कार्यक्रमहरू,बैठक , गोष्ठी,शुभ बिबाह लगायत कार्यक्रमका लागि सहज हुने वडा अध्यक्ष बिकले बताउनुभयो। सुविधासम्पन्न सेमिनार हल,अनि ताल परिसरमा तटबन्ध बनिसकेपछि प्यारातालको स्वरूप परिवर्तन देखिन थालेको छ भने सेमिनार हल असार मसान्त भित्र सम्पन्न गरिने वडाले जनाएको छ भने तोकिएको मापदण्डअनुसार तथा समयसिमा भित्र सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको गणेश निर्माण सेवाका सञ्चालक दिलिप चन्दले बताएका छन ।

करिव ४ किमि लम्बाइमा रहेको प्यारा तालमा विश्वमा दुर्लभ जलचरमा सुचिकृत भएको ओद, दक्षिणी एशियामा दुर्लभ पहेँलो धुरे प्रजातिको कछुवा लगायतका जलचर प्राणीहरुको वासस्थान रहेको एबं तालमा झन्डै ३५ प्रजातिका माछा र गोहिको वासस्थान रहेको स्थानीय पत्रकार दिपेन्द्र बस्नेतले जानकारी दिनुभयो।

बस्नेतले प्याराताल लाई पर्यटकिय क्षेत्रमा विकास गर्न करिब दुई बर्ष देखि कम्मर कसेर लागिपरेका कारण पछिल्लो समय विभिन्न संघसंस्था,उधोगि व्यापारी,वैदेशिक रोजगारमा कार्यरत व्यक्ति,स्थानीय समाजसेवी लगायतले स्वस्फूर्तरूपमा प्याराताल पर्यटन क्षेत्रको आकर्षक बढाउन प्यारातालको जैविक पहिचान स्वरूप सो क्षेत्रमा माछा,गोंहि, वन बिरालो,कछुवा,मृग,मयुर लगायतका प्रतिमाहरू स्थापना गरिकेका छन जसको अवलोकन गर्न कैलाली कञ्चनपुरबाट अवलोकनकर्ता हरू आउने गरेको प्याराताल पर्यटन प्रवर्धन तथा संरक्षण समितिका संयोजक दिपेन्द्र बस्नेतले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार