भुवन भट्ट महेन्द्रनगर । बिहीबार दिउँसो २ बजे भीमदत्तनगरपालिकाको सभाहलमा सुरु हुनै लागेको जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरू सँगको बैठक अशान्तमा परिणत हुनपुग्यो । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल सभाहलमा प्रवेश गरेपछि सभाहल अशान्त बन्नपुगेको हो ।
रावल २ बजेर १० मिनेट जाँदा सभा हलमा प्रवेश गरे । सभा हलमा प्रवेश गर्ना साथ उनि आवेगमा उत्रिए । आवेगमा उत्रँदै रावलले जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारीलाई कडा शब्दमा प्रहार गरे ।
रावले जाँचबुझ आयोगका नाममा घाउमाथि झन् नुनथप्ने कार्य गरेको भन्दै आयोगका सदस्य भण्डारीलाई कडा शब्दमा प्रहार गर्नुभयो ।उहाँले भन्नुभयो,–“हु आर यु, घर, राष्ट्रिय सम्पत्तीजनाउने, अपराधिहरुलाई कारबाहीनगर्ने रु”
पूर्व मुख्यमन्त्री रावल २ बजेर २२ मिनेट जाँदा सम्म सभाहलमै आयोगका सदस्य, प्रमुखजिल्लाअधिकारी र सुरक्षाकर्मी सँग जङ्गिँदै सुरक्षा प्रदान गर्न नसक्दा अहिलेको समाल्नै मुस्किल परिस्थिति आएको भन्दै जङ्गिनुभएको थियो ।
यस्तो बैठकको कुनै औचित्य नरहेको भन्दै रावल बैठकबाट बाहिरिएपछि केही बेर सभाहलमा सन्नाटा नै छायो । स्रोतकाअनुसार, जाँचबुझ आयोगका सदस्य भण्डारी रावलको घरमापुगेर परिचय नदिईकनै क्षतिको विवरण संकलन गरेपछि पूर्व जानकारी नदिईएको भन्दै रावल आवेगमा उत्रिएका हुन् ।
२ बजे बस्ने भनिएको बैठक ढिलो गरी साढे तिनबजेको बसेको थियो । तर बैठकमा उपस्थित भएकाहरू भने सबै घर फर्किसकेका थिए । बैठकमा बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुख, सुरक्षाकर्मी र केही कर्मचारीहरु उपस्थिति रह्यो ।
गतभदौ २२ र २३ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको सचिवालयको पत्रानुसार, जेनजी आन्दोलनका क्रममा जिल्लामा भएको क्षतिको सम्बन्धमा बिहीबार दिउँसो बैठक डाँकिएको थियो । बैठकमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, जेनजी आन्दालेनमा क्षतिपुगेका नेता लगायतलाई पनि बोलाइएको थियो ।
