भीमदत्तका बिरेन्द्र ओडको “झल्क्या दन्तपाटी” सार्वजनिक

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का समाजसेवी बिरेन्द्र ओडले आफ्नो पहिलो देउडा गीत “झल्क्या दन्तपाटी” सार्वजनिक गरेका छन्। आइतबार दिउँसो १२०० बजे खप्तड डिजिटल युट्युब च्यानल मार्फत गीत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

समाजसेवी तथा सामाजिक अभियान्ताका रूपमा परिचित बिरेन्द्रले अब सांगीतिक यात्रा सुरु गर्दै नयाँ पहिचान निर्माण गर्ने प्रयास गरेका छन्। आफ्नै स्वरमा रहेको यस गीतमार्फत उनले सांगीतिक क्षेत्रमा पनि दर्शक–श्रोताको माया र साथ पाउने विश्वास व्यक्त गरेका छन्। गीतको प्रकाशनपछि उनले सबैलाई “पहिलो सिर्जनामा साथ र प्रोत्साहन गरिदिनुहोस्” भन्ने अपिलसमेत गरेका छन्।

गीतमा बिरेन्द्र ओडलाई गायिका संगिता शाहले स्वरमा साथ दिएकी छन्। शब्द र लय राजेन्द्र शाह बीपीको रहेको यस देउडा गीतलाई दिपक संगम बिसीले एरेन्ज गरेका हुन्।

भिडियोमा बिरेन्द्र ओड र लक्ष्मी बिसीको उत्कृष्ट अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन भीम थापाले गरेका छन्। छायांकन अमृत उपाध्यायको रहेको यस म्यूजिक भिडियोमा भीमदत्त नगरपालिका अन्तर्गत हात्तीसार, झुलुङ्गे पुल र महाकाली भाइरल रोड लगायतका आकर्षक स्थानहरूलाई समेटिएको छ।

स्थानीय संस्कृति, बोलीचाली र आधुनिक प्रस्तुतीको संयोजन रहेको “झल्क्या दन्तपाटी” गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार