दोधारा चाँदनीको सबै वडामा निशुल्क आँखा शिविर, स्थानिय हर्षित

Published by:

Published on:

पप्पु कालापानी दोधारा महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निशुल्क आँखा शिविर सुरु गरिएको छ् । च्यारेटी हेल्थ फाउण्डेशनको सहयोग, बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपाल पेशवान र धनगढी नेत्रालय प्रालिको तथा दोधारा चाँदनी नगरपालिकाको सहयोग तथा सहकार्यमा दोधारा चाँदनी नगरपालिकाक सबै वडामा आँखा शिविर सञ्चालन गरिएको हो ।

दोधारा चाँदनीको ७ नम्बर वडा बाट निशुल्क आँखा शिविर सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । । बिगतको तथ्यांक हेर्दा दोधारा चाँदनी नगरपािलका क्षेत्रमा आँखाको समस्या भएका रोगीहरु बढ्दो रहेको हुदा दोधारा चाँदनी नगरपालिकाले बिभिन्न संघ–संस्थाहरु संग सहकार्य गरि वडाहरुमा निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको मेयर किशोर कुमार लिम्बुको भनाई रहेको छ ।

आँखा शिविरबाट अति गरिव, विपन्न, दलित तथा पछाडी परेका समुदायको नागरिकले प्रत्यक्ष लाभ पुग्ने आफुले बिश्वास लिएको उहाँले बताए । च्यारेटी हेल्थ फाउण्डेशनको सहयोग, बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपाल पेशवान र धनगढी नेत्रालय प्रालि को सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको सहयोग सहकार्यमा दोधारा चाँदनी नगरपालिकाको वडा नं १ देखि १० वडा सम्म निशुल्क आँखा शिविर सञ्चालन गरिएको बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपाल पेशवान लैगिंक समानाताको लागी व्यवहार परिवर्तन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिविभीएएचटी परियोजनाका सामाजिक परिचालक छत्र बहादुर देउवाले बताए ।

शिविरमा निशुल्क उपचार संगै आँखामा मोतियाबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका रोगीहरुलाई छनौट गरि धनगढी नेत्रालय प्रालि। आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको उनले बताए । प्रत्येक वडामा एक दिने कार्यक्रम रहेको सामाजिक परिचालक छत्र बहादुर देउवा बताउदै आउदो २७ गते निशुल्क आँखा शिविर सम्पन्न हुने बताउनुभयो । घर आँगनमा निशुल्क आँखा शिविर संचालनमा आएपछि स्थानियबासीहरुले खुशी ब्यक्त गरेका छन् ।
पप्पु कालापानी

ताजा समाचार

सम्बन्धित समाचार