गड्डाचौकी –अत्तरिया सडक स्तरउन्रतिको काम अगाडि बढ्दै,सडक विभाग र विश्व बैंकको टोली पुग्यो कञ्चनपुर

Published by:

Published on:

महेन्द्रनगर कार्तिक २९ । पुर्व पश्चि राजमार्ग अन्र्तरगत गड्डाचौकी– अत्तरिया सडक स्तरउन्रतिको काम तिब्र गतिमा अगाडी बढ्ने भएको छ ।

सरकारले चालु आर्थीक वर्ष २०८२÷०८३ को बजेट भाषणमा गड्डाचौकी –अत्तरिया सडकखण्ड ४,तथा ६ लेन विस्तार गर्न कुल २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको नि–वर्तमा अर्थमन्त्री विष्णु पौडेल बजेट वक्तव्यमा उल्लेख गरेका थिए।

राजमार्ग चार लेन तथा बजार क्षेत्रमा छ लेनको सडक स्तरउन्रति गर्ने सडक विभाग र दातृ निकाय विश्व बैंकको टोली बिहिबार स्थलगत अनुगमन तथा अध्यनको लागि पुर्व पश्चिम राजमार्ग कपिलवस्तुको चन्द्रौटा हुदै कञ्चनपुर पुगेको हो ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख राजेश कुमार यादवले राजमार्ग विस्तार तथा स्तरउन्रतिका लागि माथिल्लो निकायले स्थलगत अध्यन अनुगमन सुरु गरेको बताएका छन् । यादवले जनाकारी दिदै त्यसको विस्तृत परियोजना प्रदिवेदन (डिपिआर)बनाउने प्रथम चरणमा प्रवेश गरिरहेको जानकारी दिए ।

पुर्व पश्चिम राजमार्ग अन्र्तरगत ४९ किलोमिटर सडक खण्ड चारलेन र बजार क्षेत्रमा ६ लेन बनाउने बनाउने विषय अध्यनको लागि सडक विभागका उप–महानिर्देशक अर्जुन प्रशाद अर्याल नुेतृत्वको विश्व बैंकका प्रतिनिधि सहितको टाली कञ्चनपुर आएको हो’यादवले भने‘अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउछ,यसका दातृ निकाय सकारात्मक छन्।’उहाँहरुले छिट्टै परामर्शदाता छनौट गरी डिजाइको काम अघि बढ्नेमा आशावादी रहेका छौं।’


पुर्व पश्चिम राजमार्ग अध्यन अनुगमनमा कञ्चनपुर पुगेका सडक विभाग वैदेशिक महाशाखाका उप–निर्दैशक अर्जुन अर्यालका अनुसार कपिलवस्तुको चन्द्रौटादेखि गड्डाचौकी सम्मको राजमार्गको भाग स्तरउन्रति गर्ने बाकी रहेको बताए ।

कञ्चनपुरकी सञ्चारकर्मी ऐश्वर्या कुवरले गरेको प्रश्न यस्तो छ! के गड्डाचौकी अत्तरिया सडक खण्डको काम लगतै सुरु हुन्छ त?सञ्चारकर्मी कुवँरले सोधेको प्रश्नको उत्तर दिदै सडक विभाग उप निर्दैशक अर्जुन अर्यालले भने ‘यो चन्द्रोटादेखि गड्डाचौकी सम्म बाँकी सडक एशियाली विकास बैंक –एडिबी)र विश्व बैंकको सयुक्त साझेदारीमा र सहयोगमा स्तरउन्रति गर्ने योजना छ,‘सडक स्तरउन्रतिको लागि थुप्रै वादविवाद आउछन्,‘पुर्व पश्चिम राजमार्गमा थुप्रै ठाउँमा निकुञ्जले ओगटेको छ,ठाउँ–ठाउँमा सडकमै मन्दिर निर्माण भएका छन्, एशियाली विकास बैंक –एडिबी)र विश्व बैंकको दुबैको सल्लाह र सहमति अनुसार डिजाइन तथा अध्यन गछौँ र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)बनाएर काम अगाडी बढाउने जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार