काठमाडौं। ऐतिहासिक एवं बहुचर्चीत नेपाल नेपाल प्रिमियर लिग(एनपीएल)को सम्पूर्ण तयारी पूरा भएको छ। आउँदो मंसिर १ गतेदेखी २७ गतेसम्म हुन लागेको दोश्रो संस्करणको एनपीएलको तयारी पुरा भएको हो।
गतवर्ष अपेक्षा गरेभन्दा पनि भव्य रुपमा पहिलो सँस्करण सफल पारेको नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएलको दोश्रो सँस्करणका लागी आवश्यक सबै तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। क्यानले गतवर्ष दिउँसोमा मात्रै म्याच गराएको क्यानले अहिले पहिलोपटक फ्लडलाईट बालेर डे–नाइट म्याच गराउने तयारीमा छ।
गतवर्ष भुँईमै दुबोमा बसेर तथा रुखमा चढेर सकसपूर्ण तबरबाट पनि उत्साहपूर्ण रुपमा खेल हेरेका दर्शकले यसपटक भने व्यवस्थीत रुपमा नवनिर्मीत सिटमा बसेर फ्लडलाईटमार्फत डे–नाइट म्याच हेर्न पाउँदै छन्। त्यसकारण पनि अपेक्षा गरेभन्दा पनि भव्य रुपमा पहिलो संस्करण सफल पारेको क्यानले दोस्रो संस्करण अझै भव्य बनाउने योजनाअनुसार काम गरिरहेको छ।
खासगरी पछिल्लोसमय व्यापक रुपमा बढेको नेपाली दर्शक तथा समर्थकहरुको लोभलाग्दो एवं उत्साहपूर्ण क्रिकेटप्रतिको क्रेजले विश्वकै ध्यान केन्द्रित गरिरहेको देखिन्छ। त्यसलाई गतवर्ष सम्पन्न पहिलो सँस्करणले प िथप उचाई दिएको छ। जसकारण एनपीएल खेल्नका लागी विदेशी खेलाडीहरुको पनि व्यापक आकर्षण देखिन्छ।
एनपीएलमा ८ वटा टीमले प्रतिष्पर्धा गर्छन् भने ६०÷६५ जना बहुचर्चीत एवं विश्वविख्यात विदेशी खेलाडीले पनि प्रतियोगितामा सहभागीता जनाउँदै गर्दा नेपाल र नेपालीलाई विश्वमाझ चिनाउन थप अवसर प्राप्त भैरहेको छ।
यसरी क्रिकेटप्रति बढेको नेपाली समर्थकको उत्साह र समर्थनले गतवर्षको तुलनामा योवर्ष थप उत्साहपूर्ण रुपमा प्रतियोगीता सम्पन्न हुने विश्वास लिएको क्यान सचिव एवं एनपीएल संयोजक समेत रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले बताउनु भएको छ।
एनपीएलको दोश्रो सँस्करणका लागी सम्पूर्ण तयारी पुरा भएको बताउँदै खड्काले यसपटक पनि गतवर्षजस्तै ८ फ्रेन्चाइज टोली सहभागी हुने जानकारी दिनुभयो। एनपीएलको पुरस्कार राशि अघिल्लो वर्षको जति नै कायम गरिने सचिव पारस खड्काको भनाई छ।
गतवर्ष विजेता टोलीलाई १ करोड १० लाख र उपविजेतालाई ५१ लाख रुपैयाँ पुरस्कार दिइएको थियो । यस्तै, तेस्रो हुने टोलीले २५ लाख र चौथोले १५ लाख पुरस्कार पाएका थिए। खेलाडीलाई व्यक्तिगत रूपमा दिने पुरस्कार राशि भने पछि जानकारी गराइने खड्काले जानकारी दिनुभयो।
यस्तै एनपीएलको दोस्रो संस्करणमा ३५ करोड बढी रकम उठ्ने अनुमान पनि गरिएको छ। क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार सिजन–२ मा स्पोन्सर, टिम, टिकटहरुबाट कुल ३५ करोड बढी उठ्ने अनुमान गरिएको छ।
त्यसमध्ये स्पोन्सरबाट १५ करोड ३० लाख, ८ वटा फ्रेन्चाइज टीमबाट ९ करोड, टिकटबाट ८ देखि १२ करोड आम्दानी हुने अनुमान छ।त्यस्तै ओटीटीबाट ५ करोड ३० लाख कटाएर बाँकी रकमको ७१ प्रतिशत क्यानले पाउने खड्काले बताउनुभयो।।
यस्तै, एनपीएल देशको लागि महत्वपूर्ण प्रतियोगिता भएकाले भव्य रुपमा सफल पार्नका लागी साथ दिन पनि सचिव खड्काले आह्वान गर्नुभएको छ। एनपीएलको बीचमा पर्नेगरी विभिन्न दल र समूहहरुले प्रदर्शन गर्ने घोषणा गरेकाले एनपीएलमा वाधा पुग्नेगरी कुनै क्रियाकलाप नगरिदिन आग्रह गर्दै उहाँले यो समयमा आन्दोलन गर्ने भए काठमाडौं बाहिर गएर गरिदिन अनुरोध गर्नुभयो।
मंसिर १ देखि २७ गतेसम्म नेपाली क्रिकेट र नेपाललाई विश्वभर चिनाउने अवसर रहेकोले यसमा साथ दिन सबैपक्षलाई आह्वान गर्नुभयो। एनपीएल खेल्न ६०÷६५ जना विदेशी खेलाडी आउने भएकोले भव्य र सभ्य रुपमा प्रतियोगिता सम्पन्न गरि विश्वमाझ चिनाउन पनि विगतमा भन्दा पनि माथि साथ दिन आग्रह गर्नुभयो।
आउँदो मंसिर १ गतेदेखी सुरु हुन लागेको एनपीएलको दोश्रो सँस्करण मंसिर २७ गतेसम्म चल्नेछ। उद्याटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच हुनेछ। जसका सबै टिकट गत बिहिबार नै सोल्ड आउट भइसकेका छन्।
क्यानको अनुसार उद्घाटनका दिन र शनिबारका खेलमा साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार ५०० रुपैयाँ तोकिकेको छ। अन्य दिन साधारण टिकट ५०० रुपैयाँमा उपलब्ध हुनेछ भने प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ छ।
यसपटक प्लेअफ र फाइनल खेलमा भने टिकटको मूल्य बढाएर साधारण टिकट एक हजार तथा प्रिमियम टिकट दुई हजार रुपैयाँ तोकिएको छ। अघिल्लो वर्ष हरेक खेलमा टिकट अपुग तथा बसेर हेर्ने ठाँउ नभएपछी रंगशाला बाहिर रुखमाथी चढेर खेल हेरेका दर्शकहरुले विश्वभरको ध्यान खिचेका थिए। जुन अवस्था अहिले पनि आउने सम्भावना कायमै छ।
यद्यपी यसपटक ठुलो लगानीमा प्याराफिट निर्माण गरिएकोले १०औं हजार दर्शकले सिटमा बसेर फ्लडलाईमा डे नाइट म्याच हेर्न पाउनेछन् भने रोबर्ट डग चँखेसँग पनि साक्षत्कार गर्न पाउनेछन्। यसपटक क्यानले प्रतियोगीताको समयमा हुनसक्ने विभिन्न सट्टेबाजी र आपराधीक क्रियाकलापलाई आईसीसीको एन्टी करप्सनको नियमअनुसार निगरानी गर्ने र कारबाही गर्ने योजना बनाएको छ।
नेपाल र नेपालीलाई विश्वभर चिनाउने अवसरका रुपमा लिइएको बहुचर्चीत दोश्रो सँस्करणको नेपाल प्रिमियर लिग एनपीएललाई भव्य,सभ्य एवं सौहार्दपूर्णरुपमा सम्पन्न गर्न आम क्रिकेटप्रेमीहरुले पनि आ आफ्नो स्थानबाट साथ समर्थन गर्न जरुरी छ।
