उदयदेव बहुउद्देश्यीय सहकारीलाई तेस्रो पटक उत्कृष्ट करदाता सम्मान

Published by:

Published on:

महेन्द्रनगर मंसिर १ । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था जिल्लामै उत्कृष्ट करदाता भएको छ । सहकारी संस्थालाई आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले उत्कृष्ठ करदाताका रुपमा सम्मान गरेको छ ।

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरकोे तथ्याङ्क अनुसार जिल्लाभरीमा ३३ हजार करदाता रहेका छन । जसमध्ये गत आर्थिक बर्ष ०८१ ÷ ०८२मा सबैभन्दा बढी कर बुझाएको उदयदेव बहुउदेश्यीय सहकारीलाई कार्यालयले सम्मान गरेको हो ।

धभकतभचल उगदष्अि बअबमझथ
सोमबार राष्ट्रिय कर दिवस ०८२कोे अवसरमा उदयदेवलाई उत्कृष्ट करदाता सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विजय भुसालले गत आर्थिक बर्षमा सबैभन्दा बढी कर बुझाउने सहकारीलाई सम्मान गरिएको बताए । निमित्त प्रमुख कर अधिकृत भुसालले सबैभन्दा बढी सहकारीले २ करोड १५ लाख २३ हजार १७५ रुपैया कर बुझाएको जानकारी दिए ।

संस्थाले पारिश्रमिक समाजिक सुरक्षा बापत १५ लाख ७५ हजार ७६ रुपैंयाँ, बैठक भत्ता ९९ हजार ९ सय, व्यक्तिगत, एकलौटी तथा प्रालि कर ४६ हजार, २ सय ५० रुपैंयाँ, ब्याज कर ७६ लाख २९ हजार १ सय १ रुपैंयाँ, लाभान्स कर १८ लाख ३३ हजार २ सय ८ रुपैंयाँ, घर बहाल कर १ लाख ५६ हजार ९ सय ६ रुपैंयाँ, गत आर्थिक बर्ष ०८१ ÷ ०८२ को आयकर १ करोड १ लाख ६७ हजार ९ सय ६८ रुपैयाँ गरी २ करोड १५ लाख २३ हजार १७५ रुपैया छ ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सहकारीका अध्यक्ष नारा जोशीलाई प्रमाण पत्र पत्र हस्तान्तरण गरेका थिए । संस्थाका अध्यक्ष नारा जोशीले कर दिवसमा सम्मानले थप समाजिक, आर्थिक क्षेत्रमा सहकारीलाई काम गर्ने जिम्मेबारी बोध गराएको बताईन ।


२६ वर्षदेखि सुदुरपश्चिममा सहकारी क्षेत्रमा योगदान दिंदै आएको संस्थाको केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरमा रहेको छ । संस्थामा २६ हजार २१८ सदस्य रहेकाछन् । संस्थामा गत आर्थिक वर्षसम्म १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९४ रुपैयाँ निक्षेप, १ अर्ब ६३ करोड ३० लाख १७ हजार ४४८ रुपैयाँ ऋण लगानी गरेको छ ।

आर्थिक वर्ष ०८१ ÷ ०८२ मा सहकारीले २९ करोड ३३ लाख ८१ हजार ६०६ रुपैयाँ नाफा कमाएको थियो । संस्थाले कृषि, व्यवसाय, औद्योगिक र हाउजिङ्ग क्षेत्रमा लगानी गर्दै आएको छ ।

४ हजार ६२० सदस्यको कर्जा बीमा गरेर ३२ लाख ७० हजार ७५० रुपैयाँ क्षतिपूर्ति प्रभावित परिवारलाई उपलब्ध गराएको जनाएको छ । चालु आर्थिक वर्ष ०८२ ÷ ०८३ का लागि सहकारीले ३ खर्ब १ करोड २० लाख १३ हजार ७२६ रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरेको छ ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दका अनुसार सहकारीले महेन्द्रनगर सहित दोधारा–चाँदनी, दैजी, झलारी, कृष्णपुर, बेलौरी, कैलालीको अत्तरिया, डडेल्धुरा र बैतडीमा सेवाकेन्द्र मार्फत कारोबार गरिरहेको छ ।

सहकारीले कृषि प्रवद्र्धन केन्द्र, कस्टम हायरिङ सेन्टर, बीउ–बिजन प्रशोधन केन्द्र, राइस मिल सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको जनाइएको छ ।

साभार : सहकारी अखबार

ताजा समाचार

सम्बन्धित समाचार