नगर प्रहरी भर्ना गर्दै बेदकोट नगरपालिका

Published by:

Published on:

महेन्द्रनगर मंसिर १ । कञ्चनपुरको बेदकोट नगरपालिकाले करार नगर प्रहरी भर्ना गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै बेदकोट नगरपालिकाले १३ जना करार नगर प्रहरी भर्ना गर्ने लागेको हो।

स्तुत विषयमा यस कार्यालयको नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७९ बमोजिम देहायको पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयको प्रशासन शाखामा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ,, नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

पालिकाले नगर प्रहरी सहायक निरिक्षक खुला एक जना, हवल्दार एक, सात जवान, महिला २ ,जवान आदिवासी जनजाती एक ,एक दलित जवान गरि १३ जनाको दरखास्त माग गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार