महेन्द्रनगर मंसिर ७ । जेन–जी आन्दोलनको क्रममा भत्काईएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पर्खाल पुनः निर्माण हुन सकेको छैन ।
चार महिना बितिसक्दा समेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको भत्काएको पर्खाल पुनःनिमाण हुन सकेको छैन । भदौ २३÷२४ गते देशको अवस्था व्यावस्था, तथा भ्रष्टचारको अन्त्यको लागि देश व्यापी रुपमा भएको जेन–जी आन्दोलनको क्रममा देशभरनै सरकारी तथा निजि सम्पती समेत तोडफोड र आगजनी भएको थियो।
जुन आन्दोलनका क्रममा सुदुरपश्चिम लगाएत देश भरका थुपै निर्दोष युवाहरुले अकालमै ज्यान गुमाउनु पर्यो भने थुपै युवाहरु आन्दोलनको क्रममा घाईते भएर जिवन बाच्नु कि मर्नु भन्ने पिडामा छन् ।सोहि क्रममा आन्दोलत भिडले जिल्ला प्रशासन कार्यालयको पर्खाल,झ्यालका सिसा समेत दोडफोड गर्नुका साथै आगजनी समेत गरेक थिए ।
भदौ २४ गते अथवा चार महिना बितिसक्दा समेत प्रशासन कार्यालय कञ्चनपुरको पर्खाल पुनः निर्माण हुन सकेको छैन । ‘प्रशासन कार्यालय जिल्लाको मुटु हो’, ‘एक सेवा ग्राहिले भने, ‘जहाँ संयौँको सख्यामा दैनिक जसो सेवा ग्राहि प्रशासन आउने गर्छन्,जिल्लालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने ठाँउमा यस्तो भत्कीएको पर्खाल देखिरहदा मननै असान्त भएको महशुस हुन्छ,।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी धर्मराज उपाध्ययाले जेन–जी आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालयमा अनुमानीत ३० देखि ३५ लाख सम्मको क्षती भएको हुन सक्ने बताए। उनले पर्खालको विषयमा माथि बाट बजेट नआएको कारण पुनः निर्माण हुन नसकेको जानकारी दिए ।
