महेन्द्रनगर मंसिर ८ । कञ्चनपुरका भलिबल खेलाडी अर्जुन नेपालीले नेपाली सेनाको अधिकृत –क्याटेड पदमा नाम निकाल्न सफल भएका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १७ घर भएका नेपाली भलिबलमा नेपालकै अग्ला खेलाडी हुन । उनको उचाई ६ फिट ६ इन्च रहेको छ ।अर्जुन नेपालीसंग अन्तराष्ट्रिय स्तरमा भलिबल खेलि सकेको अनुभव छ ।,
भलिबलमा अब्बल रहेका उनले आफनो भविश्य भलिबलमा देखेर नै अहिले आफनो पुरै समय खेलकुदमा दिइ रहेका छन् । कक्षा १२ मा लिटिल बुद्ध एकेडेमीमा अध्ययन संगै भलिबल खेलालई पनि निरन्तरता दिदैँ आईरहेका थिए ।



