महेन्द्रनगर मंसिर ८ । भलिबल खेलमार्फत दुर्गम क्षेत्रका साधारण युवालाई असाधारण बनाउने हाम्रो यात्रामा आज अर्को खुसीको क्षण थपिएको छ।
नेपाली सेनाले एक “कोहिनोर” प्रतिभाको सही मूल्यांकन गर्दै अधिकृत क्याडेट पदमा अवसर प्रदान गरेकोमा सेनाप्रति हार्दिक आभार ब्यक्त गर्दछु।
यो कदमले हाम्रो भरोसा, आशा र सम्मानलाई अझ मजबुत बनाएको छ। अभाब र प्रभाब सङ्ग गुज्रीरहेका एक युवालाइ यहा सम्म पुर्याउन साथ सहयोग गर्नु हुने सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
नेपाली राष्ट्रिय भलिबल टोलीका एक सदस्यले नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकाल्नु केवल व्यक्तिगत सफलता मात्र थिएन भलिबल खेल परिवार र समग्र खेल जगतको प्रतिष्ठा बढाउने ऐतिहासिक उपलब्धि पनि भएकोले सम्पूर्ण भलिबल परिवार गर्वित छ।अर्जुन नेपाली भाइको उत्तरोत्तर प्रगति कामना गर्दै उज्ज्वल भबिस्यका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु।
जगदीश प्रसाद भट्ट
मुख्य भलिबल प्रशिक्षक
तथा
उप( निर्देशक
तालिम तथा प्रशिक्षण बिभाग
त्रीपुरेश्वर काठमाडौ

