कैलाली मंसिर ९ । जनउत्थान सामुदायिक बित्तिय संस्था लिमिटेड र ओम कृष्ण हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा लि टिकापुर बिच स्वास्थ्य सेवा सम्वन्धि सम्झौता यो सम्झौता सँगै जनउत्थान सामुदायिक लघुवित्ती बित्तिय संस्था लि सँग आबद्ध सम्पूर्ण ग्राहक सदस्य र कार्यरत कर्मचारीले ५ देखि ५० प्रतिशतसम्म उपचार तथा औषधीमा छुट सेवा प्राप्त गर्ने भएका छन् ।
सम्झौता २०८२ मसिर ९ गते मंगलवार का दिन अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद उपाध्याय बजगाई र जनउत्थान सामुदायिक लघुवित्ती बित्तिय संस्था लिमिटेड का तर्फबाट इलाका सञ्चालन अधिकृत मधु कुवर ले हस्ताक्षर गर्नु भएको हो ।
सम्झौता सँगै सम्भौता भएको मितिबाट १ बर्ष सम्म ओम कृष्ण हस्पिटल एण्ड रिर्सच सेन्टर ले जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्था लि शाखा सञ्चालन कार्यालयमा आबद्ध सदस्यहरुलाई औषधीमा ५ प्रतिशत,सर्जिकलमा १० प्रतिशत,सामान्य सल्यक्रियामा १० प्रतिशत,मुख्य सल्यक्रियामा १० प्रतिशत ,ओपिडि ल्याब इन्भेस्टिगेशन मा १० प्रतिशत ,आईपिडि ल्याब इन्भेस्टिगेशन मा १५ प्रतिशत,आईपिडि रेडियोलोजि इन्भेसटिगेशन मा १० प्रतिशत ,होल बडि टेस्ट जनरलमा १५ प्रतिशत,होल बडि टेस्ट एडभान्समा ३० प्रतिशत,जनरल बेड चार्जमा २० प्रतिशत, सामान्य जाच ओपिडि मा ५० प्रतिशत सेवा प्रदान गर्ने छौ भनि सम्झौतामा हस्ताक्षर भएको छ ।
सस्थामा आवद्ध सदस्यले सस्थाले उपलब्ध गराएको कार्ड वा कारोवार पासबुकका आधारमा छुट प्राप्त गर्ने छन । साथै रकम अभावका कारण उपचार गर्न नपाएको सदस्यको हकमा सस्थाले सिफारीस गरेको आधारमा १ हप्ता सम्ममा रकम भुत्तानीको लागि समय थप गर्न सकिने र सस्थाले संचालन गर्ने शिविरहरुमा समेत अस्पतालले प्राविधिक सहयोग गर्ने गरी सम्झौता भएको छ ।उक्त सम्झौताले जनउत्थान सामुदायिक लघुवित्ती बित्तिय संस्था लि कैलाली अन्र्तगतका शाखा सञ्चालन कार्यालय दुगौली ,प्रतापुर र कोटातुल्सीपुरमा आबद्ध ग्राहक हरुले यो सुबिधा बिषेश रुपमा पाउने देखिन्छ ।
यस्तै, उक्त अवसरमा आफ्नो संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुको उपचार सेवामा ५ देखि ५० प्रतिहत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गर्न पाउँदा खुसी व्यक्त गर्दै यस अवसरमा साथ दिने सबै संस्थामा आबद्ध व्यक्तित्वहरू तथा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्। जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्था लि ले बुटवलमा केन्द्रिय कार्यालय रहि १९ जिल्लामा ३९ शाखा सञ्चालन कार्यालय मार्फत आफनो बित्तिय सेवा दिदै आईरहेको छ ।
