कञ्चनपुरमा सडक दुर्घटना हुँदा ४ भारतीय सहित ७ जना घाइते

Published by:

Published on:

महेन्द्रनगर मंसिर ११ । कञ्चनपुरमा सडक दुर्घटना हुदा ४ भारतीय सहित ७ जना घाईते भएका छन् ।

जिल्लाको पश्चिमी सीमा गड्चौकी स्थित विधुत कार्यालय अगाडी अटो र मोटरसाईकल एक –आपसमा ठोक्किदा ४ भारतीय विद्यार्थी सहित ७ जना घाईते भएका हुन ।

बिहिबार करिब ६ः३० बजे नेपाल भ्रमणका लागि आएका विद्यार्थी बोकेको सुं.प.प्र ०२००१ह १९५८ नम्बरको अटो र बा प्र ०२०१९प ७९३६ मोटरसाइकल एक आपसमा ठोक्किदा मोटर साइकल चालक, अटो चालक र भारतीय विद्यार्थी गरि ७ जना घाँइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्क बहादुर खत्रीले बताएका छन्।

प्रहरी प्रमूख खत्रीका अनुसार भारत उत्तर प्रदेशमा रहेको स्टार मरिया ईन्टर कलेज रामपुरका विद्यार्थीहरु भ्रमणको क्रममा नेपाल आएका र नेपाल भ्रमण गरी फर्केने क्रममा दुर्घटना भएको जानकारी दिएका छन् ।

घाँईते हुनेमा भारतको रामपुर बस्ने बर्ष १७ का कपुर दिन,बर्ष १६ का सनिब,बर्ष १७ का अत्पामस र बर्ष १६ का फरहान तथा अटो चालक भानदेव पन्त रहेको प्रहरी जनाएको छ ।ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घाईतेहरु सबैको उद्धार पछि महाकाली प्रादेशिक अस्पतालमा पुर्याईएको र घाईहरु सबैको महाकाली प्रादेशिक अस्पतालमा भईरहेको जनाएको छ

ताजा समाचार

सम्बन्धित समाचार