महेन्द्रनगर मंसिर १८ । बिहिबार भाईको मलामी जादाँ बेपत्ता भएका सनी दमाईको अझै फेला परेका छैनन् ।भीमदत्त नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २८ का सनी दमाई भाईको अन्तिम दाहसंस्कारको लागि महाकाली आर्यघाटमा मलामी गएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो स्थानीय भाइ नाता पर्नेको मलामी गएका दमाई चिता जलाउने क्रममा नुहाउन गएका बेला भुजेला घाट स्थित महाकाली नदीमा चिप्लिएर बेपत्ता भएका थिए ।
युवक बेपत्ता भएपछि खोजीका लागि शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोली परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ सागर बोहराले बताएका हुन । यसअघि गत मङ्सिर ९ गते महाकाली नदीमा पौडी खेल्न गएका बेला बेपत्ता भएका भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान मात्रै फेला परेको थियो ।
