हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा मिश्र

Published by:

Published on:

महेन्द्रनगर मंसिर २० । हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा देवराज मिश्र चयन भएका छन्। शनिबार महेन्द्रनगरमा सम्पन्न भएको हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी संघ कञ्चनपुरको १२औँ साधारणसभा एवं अधिवेशनबाट अध्यक्षमा मिश्र पुनः चयन भएका हुन्।

निर्वाचन अधिकृत हरिप्रसाद जोशीले निर्विरोध कार्य समिति चयन गरिएको बताए। उनका अनुसार वरिष्ठ उपाध्यक्ष वसन्तराज जोशी, प्रथम उपाध्यक्ष जनक भण्डारी, द्वितीय उपाध्यक्ष मदनराज भट्ट, महासचिव रामदत्त भट्ट, सचिव राजेन्द्रप्रसाद भट्ट, कोषाध्यक्ष प्रकाश भट्ट, सहकोषाध्यक्ष दिनेश चन्द, सदस्य सुरेन्द्रसिंह साउद, विक्रमबहादुर चन्द, भरतबहादुर कार्की, मदन भण्डारी, रमेश ठगुराठी, तेजसिंह धामी, नरेन्द्र बडु, नरेन्द्रप्रसाद भट्ट, कृष्णबहादुर बुढाथोकी रहेका छन्। हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी संघ कञ्चनपुरको दोहोर्‍याएर नेतृत्वमा आएका मिश्रले नेपालमै उत्पादित वस्तुको बिक्री(वितरण गर्दै स्वदेशी वस्तुको प्रर्वद्धन गर्ने बताए। उनले आमव्यवसायीदेखि उपभोक्ताहरूको संयुक्त हितका कामकाज गर्दै अघि बढ्ने बताएका छन्।

भन्सार करदेखिका व्यवसायीका आमसमस्या निराकरण गर्दै आगामी दिनमा हार्डवेयर निर्माण सामग्रीमा सबै उपभोक्ताहरूको पहुँच पुर्‍याउने बताए।

पुनः महासचिवकै जिम्मेवारी पाएका हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी संघ कञ्चनपुरका महासचिव रामदत्त भट्टले आमहार्डवेयर व्यवसायीका समस्यालाई लिएर सरकारसँग लभिङ गर्ने गराउने, व्यवसायीको हकहितका क्षेत्रमा कामकाज गर्ने बताए। ‘अहिले हार्डवेयर व्यवसायीमा लगानी बढी मुनाफा कम छ,’ उनले भने, ‘बैंकको ब्याज तिर्नका लागिसमेत समस्या भएको छ, यस सन्दर्भमा हामीले हार्डवेयर व्यवसायी सरक्षण गर्नुपर्छ।’

ताजा समाचार

सम्बन्धित समाचार