कञ्चनपुर भन्सारमा अनलाइन मूल्यांकन प्रणाली लागू

Published by:

Published on:

महेन्द्रनगर मंसिर २२ । कञ्चपुर भन्सार कार्यालयमा सोमबारबाट अनलाइन मूल्यांकन प्रणाली लागू भएको छ । विराटनगर भन्सारमा परीक्षणको रुपमा लागू गरेको एक महिनापछि कञ्चनपुर भन्सारमा पनि उक्त प्रणाली लागू गरिएको हो ।

सोमबार राजश्व सचिव भूपाल बरालले एक कार्यक्रमबीच कञ्चनपुर भन्सारमा अनलाइन मूल्यांकन प्रणालीको उद्घाटन गरेका हुन ।

भन्सार विभागका महानिर्देशक श्याम प्रशाद भन्डारीले अनलाइनबाट मूल्यांकन गर्ने प्रणालीले यसअघिको सन्दर्भ मूल्य प्रणाली प्रतिस्थापित गरेको बताए । उनले व्यापार सहजीकरण गरी लगानीको वातावरण बनाउन भन्सार प्रणालीमा सुधारका काम भइरहेको पनि बताए ।

भन्डारीले अब व्यवसायीले पेस गरेका बिलविजकका आधारमा प्रणालीले मूल्यांकन गर्ने बताउँदै उनले अनलाइन मूल्यांकन प्रणाली विश्वसनीय र व्यापार लक्षित भएको पनि दाबी गरे । उद्योग र व्यापारको सहजीकरण, सुरक्षा र लगानीको वातावरण बनाउन सरकार निजी क्षेत्रसँग सहकार्यका लागि सधैं अग्रसर रहेको पनि उनले बताए ।
नयाँ प्रणालीको उद्देश्य र फाइदा

यो नयाँ प्रणाली लागू भएसँगै भन्सार जाँचपास प्रक्रिया थप वैज्ञानिक र पारदर्शी हुने अपेक्षा गरिएको छ।

सन्दर्भ मूल्यको अन्त्य

यो विधिमा पहिले भन्सारले हरेक छ महिनामा फेरिने सन्दर्भ मूल्यसूचीको आधारमा जाँचपास गर्ने समस्या समाधान हुनेछ । व्यवसायीहरूले लामो समयदेखि यथार्थ कारोबारमा आधारित प्रणाली लागू गर्न माग गर्दै आएका थिए।

वैज्ञानिक आधार

यो अनलाइन डेटाबेस प्रणालीलाई विश्व व्यापार संगठन ले पनि मान्यता दिएकाले यसलाई वैज्ञानिक मानिएको छ।

अनौपचारिक अर्थतन्त्र नियन्त्रण

सरकारी अधिकारीहरूका अनुसार यसले नेपालको अनौपचारिक अर्थतन्त्रको समस्या, खासगरी कम बिल बनाउने ९न्यून बीजकीकरण० र बढी बिल बनाउने अधिक बीजकीकरण जस्ता समस्यालाई समाधान गर्नेछ ।

वास्तविक मूल्य पत्ता लगाउने

यो डिजिटल स्रोतले भन्सारमा आएका वस्तुहरूको विश्लेषण र तुलना गर्न मद्दत गर्छ, जसबाट वस्तुको वास्तविक कारोबार मूल्य पत्ता लगाउन सहज हुन्छ । उद्घाटनका क्रममा राजस्व सचिव भूपाल बरालले याे प्रणालीले वैध व्यापारलाई प्रोत्साहन गर्ने र अनौपचारिक कारोबारमा कमी ल्याउने विश्वास व्यक्त गरे ।

ताजा समाचार

सम्बन्धित समाचार