हात्तीबाट मारिएकी धनाका छोरालाई राहत

Published by:

Published on:

महेन्द्रनगर मंसिर २४ । कञ्चनपुरको भीमदत्त नगरमा हात्तीबाट मारिएकी महिलाका सन्तानलाई राहत सहयोग गरेको छ । भीमदत्त नगरपालिका १४बनकट्टीकोे शान्ति आधारभूत विद्यालयका विद्यार्थी आर्यन विष्टलाई राहत सहयोग गरिएको होे । शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्टले हात्तीपीडित विद्यार्थी आर्यनलाई डिप्रोक्स लघुवित्तवित्तीय संस्था मार्फत नगद ५ हजार सहयोग गरिएको बताए ।

विद्यालयले विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उदेश्यले समन्वय गरेर आर्थिक सहयोग दिलाएको बताए । मंगलबार हात्तीबाट अभिभावक गुमाएका बालक आर्यनलाई उक्त सहयोग गरिएको छ । ९मंसिर ०८२मा जंगली हात्तीले बनकट्टीकी धनाको निधनसंगै विष्ट परिवारका कलिला सन्तान टुहुरा भएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार