तराईमा लाग्ने बाक्लो हुस्सु र शितलहरका कारण जन–जिवन प्रभावित बन्दै, शितलहरबाट बच्ने यस्ता छन् उपाय

Published by:

Published on:

महेन्द्रनगर । हिउँद सुरु भएसंगै चिसोको कारण तराईका जिल्लाहरुको जनजिवन प्रभावित बन्दै गइरहेको छ । यहि पुष १ गते बाट लागेको बाक्लो हुस्सुका कारण कञ्चनपुर र कैलालीको जनजिवन प्रभावित बन्दै गइरहेको हो ।

हिउँदे मौसम नेपालमा प्राय ः मंसिर देखि फागुन सम्म रहन्छ । यहि समयमा तापक्रम घट्ने,बिहान देखि बेलुका सम्म हुस्सु र शितलहर चल्ने तथा पहाडि हिमाली क्षेत्रमा हिउँ पर्नु जस्तो मौसम परिवर्तन हुन्छ । विषेशत तराईका जिल्लामा लागेको घना हुूस्सुले दृश्यता अत्यन्तै कम हुदै गईरहेको छ ।

जसका कारण राजमार्ग तथा सहायक सडकहरुमा सवारी साधन सुस्त गतिमा चल्न बाध्य भएका छन् । बाक्लो हुस्सु र शितलहर बढेसंगै बालबालिका,वृद्धवृद्धा,अपाङ्गता भएका ब्याक्ति तथा बिरामीहरु बढि प्रभावित भएका छन्।

चिसोको कारण सर्वसाधारण बिहान–बेलुका घर बाहिर ननिस्कने अवस्था बनेको छ भने दैनिक ज्यालादारी मजदुरहरुको कामकाज समेत प्रभावित भएको छ । हवाई सेवामा पनि निकै प्रभाव परेको छ । स्वास्थ्य कर्मीहरुका अनुसार शितलहरको समयमा रुगाखोकी,ज्वरो,दम तथा श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ने जोखिम बढ्ने बताएका छन् ।


चिसो,हुस्सु तथा शितलहरबाट बच्न के उपाय अपनाउने त?
बाक्लो तह–तहमा न्यानो कपडा लगाने
टोपी,मफलर,पञ्जा,र मोजा अनिबार्य प्रयोग गर्ने
राति पर्याप्त ओढ्ने प्रयोग गर्ने,
घर भित्र घाम छिर्ने व्यावस्था मिलाने,
तातो खाना र झोलयुक्त परिकार खाने
तातो पानि,जडिबुटी चिया,सुप सेवन गर्ने
चिसो र बासी खानेकुरा नखाने
बिहान र बेलुका अनावश्यक घरबाहिर न हिड्ने
हुस्सु लाग्दा सवारीसाधन विस्तारै चलाने
२) समुदाय तथा सरकार ितयारी
स्थानीय तहबाट न्यानो कपडा वितरण र आश्रयको व्यावस्था
शितलहरको सूचना तथा चेतावनी पालना गर्ने
शितलहरबाट प्रभावित समुदायलाई पहिलो प्राथमिकतामा राख्ने
निष्कर्ष
सहि खानपान,न्यानो कपडा,सुरक्षित यात्रा र स्वास्थ्यमा विशेष ध्यान दिएमा चिसो,हुस्सु तथा शितलहरबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार