३ करोडको लगानी,नाली सहितको फराकिलो सडक–विकासमा नयाँ आयाम

Published by:

Published on:

महेन्द्रनगर पुष ३ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० मा ३ करोडको लगानीमा सडक निर्माण हुने भएको छ ।

३ करोडको लगानीमा बन्ने दोधारा चाँदनी भीमदत्त ब्रहमदेव लिङ्क जोड्ने सडक निर्माणको ठेक्का ज्ञान÷जिके जेभि महेन्द्रनगरले पाएको छ । जिल्लाको भीमदत्त नगरपालिका १० गड्चौकी ब्यारियल देखि करिब डेढ किलोमिटर सडक, बजार क्षेत्रमा नाली सहित सात मिटर फराकीलो सडक निर्माण हुने भएको हो ।

भीमदत्त नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष महेश चन्दले ३ करोडको लगानीमा निर्माण हुने सडकले मुख्य बजार,विद्यालय,स्वास्थ्य चौकी र आवासीय क्षेत्रलाई जोड्ने जसले स्थानीय यातायात सुविधा र जनजिवनमा सहजता ल्याउने अपेक्षा गरिएको बताए ।

अध्यक्ष चन्दले फराकिलो सडकसंगै नाली निर्माण गरिनुले बर्षा र बाढिको समयमा हुने पानि निकास समस्यालाई पनि समाधान गर्ने विश्वास गरिएको छ । अध्यक्ष चन्दले भने, हामी हाम्रो शहरको दिगो विकास र सुरक्षित यातायातको दिशामा ठुलो कदम हो,’‘हामी स्थानीय बासिन्दा र यात्रुहरुको सुविधा र सुरक्षा प्राथमिकतामा राखेर काम गरिरहेका छौ।

भीमदत्त नगरपालिका स्थानीय बासिन्दाहरुले पनि फराकीलो सडक निर्माणपछी दैनिक जिवनमा सकारात्मक परिवर्तन आउने विश्वास गरेका छन् ।निर्माण कार्य पुरा भएपछी याँहाको यातायात सुविधा र शहरको सौन्दर्यतामा उल्लेखनिय सुधार आउने अपेक्षा गरिएको छ ।
ज्ञान÷जिके जेभि महेन्द्रनगरका सचालक ज्ञानेन्द्र प्रशाद जोशिले चाँदनी,भीमदत्त ब्रमहदेव लिङ्क सडकको काम शुक्रबार( भोली)बाट सुचारु गर्ने बताए ।उनले भने गड्डाचौकी ब्यारियल देखि डेढ किलोमिटर सडक बजार क्षेत्रमा नाली सहित निर्माण गर्नु पर्ने छ । समझौता भएको समय अगावै निर्माण कार्य सम्मपन्न गर्नेछु ।

ताजा समाचार

सम्बन्धित समाचार