महेन्द्रनगर पुष १२ । भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख लिलम लेखक जोशीले हाम्रो रीतिरिवार,धर्म संस्कृतिलाई जगेर्ना गर्नु हामी सबैको कर्तव्य भएको बताएकी छन् ।
शनिबार गप्तड समाजले आयोजना गरेको भुवा पर्व समापन समारोहा बोल्दै जोशीले हाम्रो रीतिरिवाज,धर्म संस्कृतिलाई जगेर्ना गर्नु हामी सबैको कर्तव्य भएको बताएकी हुन।
पछिल्लो समय समाज आधुनिकता र प्रविधिको तीव्र विकाससंगै परम्परागत संस्कार,भेषभूषा र चाडपर्व ओझेलमा पर्ने थालेपछी यसको जर्गर्ना गर्न सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिनुपर्ने जोशीलेको भनाई रहेको छ ।“जोशीले भनिन”‘हामी संसारको जुनसुकै ठाउँमा गएपनी आफ्नो बोलीभाषा बिर्सनु हुदैन”‘हाम्रो पहिचान हाम्रो बोलीबाट प्रष्ट झल्किन्छ, आफ्नो पहिरन लगाउन लजानु हुदैन पहिरनले कुन ठाउँको हो भन्ने परिचय दिन्छ,।
परम्परागत रुपमा भुवा पर्व सुदुरपश्चिमका विभिन्न जिल्लामा श्रद्धा।हर्ष उल्लासका साथ विभिन्न सांस्कृतिक कार्यक्रम सहित पुखौँ देखि .मनाईदै आईरहेको छ ।विशेष गरि शुदुरका डोटी,डडेल्धुरा,अछाम,बझाङ,बाजुरा जिल्लामा परम्परागत रुपमा मनाईन्छ ।
खप्तड समाजले आयोजना गरेको भुवा पर्वलाई पुर्खाको सम्मान,प्रकृतिप्रति आस्था,सामाजिक एकताको सन्देश बोकेको भुवा पर्वले समुदाय विच आपसी सद्धभाव,बढाने विश्वास गरिएको छ । पछिल्लो समय नयाँ पुस्तालाई आफ्नै संंंस्कृति चिनाउने उदेश्यले स्थानीय तह र सांस्कृतिक संस्थाहरुले पर्वलाई संरक्षणर र प्रपद्र्धन गर्दै आएका छन् ।

