महेन्द्रनगर पुष १४ । कञ्चनपुर उद्योग बाणिज्य संघको १८ औं कार्यकारिणी समितिको कोषाध्यक्ष र सदस्यका लागि अन्ततः निर्वाचन हुने भएको छ ।उम्मेदवारी फिर्ता गराउने समयभित्र सोमबार दिउँसोसम्म सहमति हुन नसकेपछि अन्तिम नामावली सार्वजनिक गरिएको छ ।
अन्तिम नामावली सार्वजनिक भएपछि पुस १९ गते कोषाध्यक्ष र सदस्यका लागि निर्वाचन हुने भएको हो । संघको अध्यक्ष सहित पदाधिकारीमा सर्वसम्मत भएपछि सोमबार दिउँसोसम्म सहमतिको प्रयास गरिएको हो
संघको निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा मिनराज भट्ट र सदस्यमा पार्वती कुमारी विष्टले उम्मेदवारी फिर्ता लिएका छन् ।उनीहरुको उम्मेदवारी फिर्तापछि कोषाध्यक्ष प्रदिप पाल र सिद्धराज भट्ट भिड्ने भएका छन् । कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी थियो । कोषाध्यक्षका अर्का उम्मेदवार भट्टले फिर्ता लिएपछि उनीहरु चुनावी मैदानमा बचेका छन् ।
पाल संघका कार्य समिति सदस्य हुन् । उनले उम्मेदजवारी दर्तापछि आफूले उम्मेदवारी फिर्ता नलिने बताएका थिए ।७ सदस्यका लागि १४ जनाको उम्मेदवारी दर्ता भएकोमा विष्टले फिर्ता लिएकी छन् । सदस्यमा १३ उम्मेदबार चुनावी मैदानमा भिड्ने भएका छन् ।
संघका कार्यकारी अधिकृत हेमराज भट्टले कोषाध्यक्ष र सदस्यमा एक÷एक जनाको उम्मेदवारी फिर्ता भएको बताए ।
कोषाध्यक्ष र सदस्यमा सहमति गराउन संघका अध्यक्ष पिताम्बर जोशी सहित पूर्व अध्यक्षले उम्मेदवारी दर्तापछि निरन्तर प्रयास गरेका थिए ।संघको सदस्यका उम्मेदवार सरिता सिह भण्डारीले व्यवसायिक हक अधिकारका लागि आफूले सदस्यमा उम्मेदवारी दिएको बताइन् ।
महिला व्यवसायीका एजेण्डालाई संघमा सशक्त रुपमा उठाउने लक्ष्य लिएर भण्डारी पहिलो पटक चुनावी मैदानमा होमिएकी छन् ।‘बजारमा महिला व्यवसायीको संख्या ठूलो छ, संघमा प्रतिनिधित्व न्यून छ, यसलाई बढाउनु पर्छ’ उनले भनिन् ।संघको संस्थागत सदस्यमा गजेन्द्र बिक्रम थापा निर्विरोध भएका छन् । सघको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल निर्विरोध भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश साउँद, उद्योग उपाध्यक्षमा तेज बहादुर चन्द, बाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट महासचिव र सचिवमा एनपी जोशी निर्विरोध भएका छन् । संघका सदस्य एनपी जोशी सचिवमा आउन लागेका छन् । उनी संघको कार्य समिति सदस्य हुन् ।
७ सदस्यका लागि लोकराज भट्ट, गोबिन्द भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय, देबदत्त जोशी, भोजराज अवस्थी, गंगा सिह धामी, कृष्ण राना, सरिता भण्डारी, हेमराज भट्ट, सञ्जय कुमार भट्ट र जगदीश कुमार भट्ट चुनावी मैदानमा होमिएका छन् ।
संघको १७ र्औ निर्वाचनमा अध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा निर्वाचन भएका थियो । अन्य पदाधिकारी र सदस्य सबै निर्विरोध भएका थिए ।
