कञ्चनपुर बाघको बच्चा मृत्यु प्रकरणः निकुन्जको लापरवाहिले मरेको होईन,बाघेनीकै जिम्मा लगाउन खोज्दा घटना घटेको होः निकुन्ज

Published by:

Published on:

महेन्द्रनगर पुष १७ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ जोगबुढा नदी क्षेत्रमा हिलो र नदीमा फसेको बाघको बच्चाको समयमै उद्धार नहुँदा मृत्यु भएको छ।

दोधाराचाँदनी नगरपालिका– १, चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्रनजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको हो । बुधबार बिहान बघिनी आमा सँगै जगबुढा नदी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वनसहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए।

समयमै खबर पुग्दा समेत हिलो र दलदलमा फसेको बाघको बच्चाको समयमै उद्धार नहुदा मृत्यु भएको आम स्थानीय एवं सरोकारवालाहरूको भनाइ छ।

तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघको बच्चाको संयोगले मृत्यु भएको बताएका छन् ।उनले मने “मलाई बुधबार दिउँसो २÷३० बजे बाघको बच्चा फेला परेको छ भनेर फोन आएको हो । ‘हामिले खबर पाउने लगतै प्रकृतीसंंरक्षण निकुन्जको र आर्मीको उद्धार टोली र स्रोतसाधन सहित त्यसतर्फ पठाएका हौँ । बच्चालाई बचाउने सक्दो प्रयाश गरेका हौँ ।

हामीले कुनैपनी जनावरको उद्धार गर्दा जीव विज्ञानको परिभाषालाई पनि ब्यावहारमा लागूगर्नुपर्ने हुन्छ ।‘उसको आमा बाघेनी अरु बच्चा संगै त्यहि वरपर घुमिरहेको भन्ने हामीले खबर पाएका थियो। हाम्रो चाहाना बच्चालाई आमासंग नछुटाउनु थियो। बच्चालाई मानिसले छोएपछी बाघेनीले बच्चालाई स्वीकार गदैन ।हामीले राती भएपनि आमाले आएर बच्चा लान्छकी भन्ने आसा थियो त्यो भएन तर विडम्बना बाघको बच्चाको मृत्यु भयो”।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत सुरेन्द्रचन्द्र डिसीले बिहान निकुञ्जको टोली उद्धारमा गएको तर उद्धार नगरीकनै फर्किएपछि बाघको बच्चाको मृत्यु भएको दाबी गरेका छन् ।

‘बाघको बच्चा हिलो र पानीमा फसेको छ, यो चिसो मौसममा उद्धार गर्न गएको टोली किन फर्कियो ?’ उनले भने, ‘निकुञ्जका कर्मचारीको गैरजिम्मेवारीपनले घटना घटयो ।’ उद्धार गरेर जता डमरुकी आमा गई त्यतैतिरको जंगलमा छाडिदिनुपर्ने वन अधिकृतको तर्फ छ ।

‘उद्धारमा जाने टिएडिए खाने अनि यसरी वन्यजन्तु मर्न दिने काम राम्रो होइन, यसबारे वन मन्त्रालयदेखि संरक्षण फोरममा कुरा उठाउँछु,’ उनले भने, ‘मैले घटना थाहा पाएपछि त्यतातिर गएको, तर मलाई सशस्त्र प्रहरीले डेढ–दुई घण्टा रोकिदिएको र आफू पनि वनको हाकिम भएकाले उद्धार गर्ने मेरो दायित्व भनेर गएँ, म जाँदासम्म बच्चा मरिसकेको थियो ।’ वरिष्ठ वन अधिकृत डिसीले बाघको बच्चा उद्धारका लागि निकुञ्ज प्रमुखसँग आफूले भनेको, तर उनले नै त्यो बच्चा मर्न देऊ भनेर जवाफ दिएपछि आफूहरू चिन्तित भएको दाबी गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार