महेन्द्रनगर पुष २२ । २०७४ सालमा शिलान्यास गरिएको वडा कार्यालयको भवन ५ बर्ष बित्दा समेत अझै सम्पन्न हुन सकेको छैन। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय निर्माण व्यावसायीको चरम लापरवाही र ढिलासुस्तीका कारण अलपत्र अवस्थामा रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।
२०७८ १ महिना २ बैशाखमा भीमदत्त नगरपालिका र मालिका एमडी जेभी निर्माण कम्पनी बिच १ करोड ६५ लाखमा १ वर्षमा वडा कार्यालयको भवनको काम पुर्ण गर्ने गरि ठेक्का समझौता भएको थियो । समयमै निर्माण सम्पन्न गर्ने समझौता भए पनि पटक–पटक म्याद थप हुँदा समेत वडा कार्यालय भवन पुर्ण नहुँदा दिनप्रतिदिन जिर्ण बन्दै गईरहेको छ ।
निर्माण कम्पनीको चरम लापरबाहीको कारण वडा कार्यालय नबन्दा भीमदत्त नगरपालिका ३ ले भाडाँको घरबाट वडा बासीहरुलाई सेवा प्रवाह गर्दै आईरहेको भीमदत्त नगरपालिका ३ का वडा अध्यक्ष गगन थामीले दुखेसो पोखेका छन्। धामीले भने”“पाच बर्ष अघि वडा भवन निर्माणको लागि समझौता भएको हो।
समयमै काम सक्ने प्रतिबद्धता भएपनि निर्माण व्यावसायीले निरन्तर लापरवाही गरे।पटक–पटक ताकेता र म्याद थप हुँदा पनि आधा अधुरो भवनको काम अगाडि बढ्न सकेन।यसले वडाको सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना गरेको छ। भाडाको घरबाट सेवा प्रभाव गर्दै आईरहेको वडाको लागि भीमदत्त नगरपालिकाले बर्षेनी १ लाख ८० हजार भाडा तिर्ने बाध्य भएको छ।”।
भीमदत्त नगरपालिका वडा नम्बर ३ का स्थानीय,जग्गा दाता दान सिह बिष्टका छोरा सुरेश विष्टले आक््रmोश ब्याक्त गदै भने, भीमदत्त नगरपालिका र निर्माण कम्पनीको चरम लापरवाहीका कारण वडा भवन समयमै सम्पन्न हुन नसकेको हो ।“उनले भने”वडा कार्यालय भवन निर्माणकोलागि जग्गा दानमा दिएका ब्याक्ति पनि स्वर्ग गईसके तर वडा कार्यालयको भवन निर्माण अलपत्र छ । जग्गा दानमा दिनेको आत्माले समेत निर्माण कम्पनीलाई सरापी रहेको छ।
वडा भवन निर्माणको नाममा ठेक्का समझौत गरि निर्माणकार्य अलपत्र छाड्ने निर्माण व्यावसायीलाई भीमदत्त नगरपालिकाले कारबाही गर्नुका साथै कालो सूचिमा राख्नुपर्ने माग अघी सारेका छन्। “अर्का स्थानीयले भने”आक््रmोश ब्याक्त गदै भने,वडा भवन नहुँदा सामान्य सेवाको लागि पनि सास्ती बेहोर्नु परेको छ ।पाँच वर्ष सम्म पनि निर्माण नसक्नु गैर जिम्मेवारीपनको परकाष्ठा हो। भीमदत्त नगरपालिकाले त्यस्ता गैरजिम्मेवार निर्माण व्यावसायीलाई तत्काल छानबिन गरि कारबाही गर्नुपर्छ”।
भीमदत्त नगरपालिकाका ईन्जिनियर रोहित जोशीले अलपत्र निर्माणाधिन भवनको जिम्मा पाएको मालिका एमडी जेभी कम्पनीका संचालक अमर मल्ल (उर्फ) दिनेश मल्ल वडा भवनको काम अलपत्र छोडेर सम्पर्क बिहिन रेहेको बताए“जोशीले भने”उहाँले नगरपालिकाबाट दुई पटक भुक्तानी गरी ७१ लाख भुक्तानी बुझिसक्नु भएको छ । हामीले उँहालाई वडा कार्यालयको भवन निर्माणको लागि बारम्बार पत्राचार गरेका छौँ।एक वर्ष गत बर्ष सम्म सम्पर्कमा थिए चाँलू आव देखि सम्पर्क विहिन छन्। हामी उँहालाई लगतै पत्राचार गर्ने छौँ,।
५ वर्षअघि सुरु भएको वडा कार्यालय भवन अझै अधुरो छ । जब यसबारे निर्माण व्यावसायी अमर मल्ल (उर्फ) दिनेश मल्ल संग बारम्बार फोन गरेर प्रतिकृया लिन खोज्दा उनले कुनै जबाफ दिएनन्।

