प्याब्सन कञ्चनपुरले ३५ औं स्थापना दिवसमा अनाथ बालबालिकालाई खुवायो भोजन

Published by:

Published on:

महेन्द्रनगर पुष २४ । निजी तथा आवाशीय विद्यालय संगठन नेपाल९प्याब्सन० कञ्चनपुरले समाज कल्याण बाल अनाथालयका बाल बालिकालाई खाना खुवाएको छ । प्याब्सनको ३५ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई होटल चेतनमा रात्रिकालिन खाना खुवाएको छ ।

अनाथालयका सबै बालबालिकाले बिहीबारको रातिको खाना चेतनमा खाएका छन् । अनाथालयका २० जना बाल भोजमा सहभागी भएका छन् ।प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्टले स्थापना दिवसको अवसरमा बर्सेनी अनाथालयमा कार्यक्रम गर्दै आएकोमा यस वर्ष होटलमा ल्याएर खाना खुवाइएको बताए ।

विगतका वर्षमा बालबालिकालका लागि अनाथालयमा कार्यक्रम आयोजना हुने गरेको थियो । अनाथालयका बालबालिकालाई स्कुलमा बसबाट होटलसम्म पुगाइएको छ ।बालबालिकालाई खाना खानु अघि औपचारिक कार्यक्रम गरिएको छ । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य हिरा चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यंक्रमको अध्यक्षतामा प्याब्सन जिल्ला अध्यक्ष महादेब प्रसाद भट्टले गरे ।कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य अमराज भट्ट, सुदूरपश्चिम वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्दले शुभ कामना मन्तव्य राखे ।प्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव अक्कल बहादुर रोकायाले गरे ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपकराज चालिसे, जिल्ला पदाधिकारी, प्याब्सन भीमदत्त नगर अध्यक्ष उपेन्द्र जोशी, बेदकोट नगर अध्यक्ष हरेन्द्र भाट लगायतका सहभागी भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार