यहि एक वाक्यले मेरो कथालाई समाजको नजरमा अपराधी बनाई दिन्छ। प्रेम कहिले अनुमती लिएर जन्मिदैन रहेछ । यो मनको सबैभन्दा कमजोर क्षण छानेर चुपचाप प्रवेश गर्छ।
म निरन्तर आफ्नो काममा थिए मैले चाहेको थिईन यस्तो सम्बन्ध ।मलाई आफ्नो काम पेशा,घरपरिवार,समाज प्रति निकै जिम्मेवार रहेको महसुस हुन्थ्यो ।मैले यस्तो बाटो रोज्न चाहेकी थिएन तर जिवनका केही मोड यस्ता हुन्छन् जहाँ हामी आफुलाई समहाल्न लाखौ करोडौ कोशिस गरेपनी मन कसैको नाममा फसिदिन्छ ।
उ मेरो अधुरो प्रेम मेरो उमेरको रस रङ्घ उडेपछी आयो ।जहाँ तन र मन जोडियो तर जिन्दगीको लामो बाटो संगैसंग कटाउने भाग्य हारे।उ मेरो जिवनमा कुनै आधीँ बनेर आएको थिएन न म उसको जिवनमा आधी बनेर प्रबेश गरे । न उसले कुनै ठुलो बाचा बोकेको थियो । उ त बिस्तारै उसको र मेरो सामान्य कुराकानीबाट,सामान्य भलाकुसारीबाट मेरो दिन र रातमा बानी बनेर पसेको छ ।
आज मलाई लाग्छ म उ विना सास फेर्ने पनि भुलेजस्तो लाग्छ,उसले हर समय हर पल मलाई फोन गरेर बोल्दा मलाई जलेको घाउले मलहम पाएको महसुश हुन्छ ।
म विबाहित हु मलार्ई मेरो मर्यादा थाँहा छ। मेरो आत्मसम्म्मान केहो ?भन्ने राम्ररी बुझ्छु तर मन – मनले न नियम चिन्छ न दायीत्व यस्तो लाग्छ उसको एक संन्देशले सारा संंरार उज्यालो. भएको महसुुस हुन्छ ,।विस्तारै उसको मौनताले रात लामो भएको महसुुुुुुस हुन्छ ।
म विवाहित हुँ र उ पनि
मेरो लागि पिडादायीक कुरा के भने उसले पनि माया गर्छु भन्छ ।उसले भन्छ म सब्दमा होईन ब्यावहारमा प्रेम गर्छु ।तर त्यो माया कहिले पुर्ण थिएन र कहिले मेरो मात्र थिएन। उ विवाहित हो ।तर स्वतन्त्र जस्तै बस्छ।उसको संसारका विकल्प धेरै छन् ।म भने उसको संसारको एउटा गोप्य अध्याय मात्र हुँ।म पेशाले आफुमै सक्षम मान्छु तर म हरेक पल्ट यो सम्बन्ध गलतहो भनेर आफुलाई उत्तर दिईरहे,म आफु संग लडिरहे बस,अब यहिँ रोकिनु पर्छ।
मेरो मनले हरेक सेकेन्ड सेकेन्डमा भन्छ यो प्रेम तिपमलाई खाईसक्छ।” आफ्नो आत्मालाई जोगाउ”।तर प्रेम संग तर्फ हार्दोरहेछ जति टाढा जान खोज्यो मन उतीनै नजिक जाने । यो प्रेमले मलाई सारै कमजोर बनायो तर संगसंगै मलाई म संंग चिनादै छ ।
म कति गहिरो माया गर्ने सक्छु प्रेमको नाममा म कती पीडा सहन सक्छु ।
यो कथा कुनै विजयको होईन, याहाँ न नायक छ न खलनायक।याहाँ छन् त केवल दुई विवाहित आत्मा जो समय,परिस्थिति र डरको विचमा फसे ।मैले यति जानेकी छु यो प्रेमको भविष्य छैन। न कुनै नाम, न कुनै स्वीकारोक्ति सायद यहि नै अधुरो प्रृममको सत्य हो जहाँ मनले जित्छ तर जिवन हार्छ
तर म आज पनि आफ्नो आत्मसम्मान बचाउने हरपल प्रयाशरत छु। तर मन भित्र उसको लागि अझै पनि अथक प्रेम बाँकी छ ।
