एमबिबिएस पुर्ण छात्रवृत्तिमा सफल विद्यार्थीहरूलाई मर्निङ ग्लोरीले गर्यो सम्मान

Published by:

Published on:

सुजित रमेश सिनाल महेन्द्रनगर पुष २६ । कञ्चनपुरमा रहेको मर्निङग्लोरी सेकेन्डरी स्कुलले आफना उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयबाट कक्षा ११÷१२ अध्ययन गरी यसवर्ष एमबिबिएस डाक्टर, नर्सिङ, इन्जिनियरिङ, आयुर्वेद डाक्टर अध्ययनका लागि नाम निकालेका विद्यार्थीहरू लाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।

विद्यालय व्यवस्थापन सञ्चालक केशव चन्दको अध्यक्षता र विद्यालयका शिक्षक पृथ्वी भट्ट प्रमुख अतिथि र स्कूलका कोर्डिनेटर सुनिल ठाकुर, पूर्व प्रिन्सिपल लक्ष्मी महरा अतिथि रहेका थिए । कार्यक्रममा एमबिबिएस डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकाल्न सफल प्रकृति जोशी, हार्दिक सुनार र दिपक जोशीलाई खाँदा सहित टिका लगाएर सम्मान गरिएको थियो ।

त्यसै गरी बीएस्सी नर्सिङकालागी छात्रवृत्तिमा नाम निकाल्न सफल डम्मरा बोहरा र आयुर्वेदिक डाक्टर अध्ययनका लागी छात्रवृत्तिमा नाम निकाल्न सफल निरुता मिश्र लाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पृथ्वी राज भट्टले विद्यार्थीहरूको उज्वल भविष्य र प्रगतिको शुभकामना मन्तव्य राखेका थिए । उनले सबै विद्यार्थीलाई मनैदेखि बधाई ज्ञापन गर्दै छात्रवृत्तिमा नाम निकाल्नु जीवनको परीक्षाको पहिलो खुट्किलो भएकाले अझै पनि कडा मिहिनेत गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले आफ्नो आमा बुबाको र आफ्नो सपना साकार गर्न र विद्यालयको गरिमालाई अझै माथी राख्ने कार्य गरेको प्रती विद्यार्थी सबैलाई धन्यवाद दिए । विद्यार्थीले गरेको सफलताले विद्यालयको गरिमा बढेको उल्लेख गर्दै विद्यार्थीहरुले विद्यालयको शाख निरन्तर राख्ने उनले आशा व्यक्त गरे ।

विद्यालयका कोर्डिनेटर सुनिल ठाकुरले कार्यक्रमको बारेमा जानकारी प्रस्ट पार्दै विद्यार्थीहरूलाई बधाई दिएका थिए । त्यस गरी विद्यालयका सञ्चालक समिति अध्यक्ष केशव चन्दले पनि विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको गरिमा थप बढेकामा सबै विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसैगरी राष्ट्रपति रनिङ सिल्डमा मार्चपासमा ६० विद्यालयलाई उछिनेर प्रथम भएपछि मार्चपासमा सहभागी विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्दै उनिहरुलाई पनि सम्मान गरीएको थियो मर्निङगलोरीबाट प्लस टू अध्ययन गरेका १५ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबिबिएस डाक्टर पढिरहेका छन् ।

यो विद्यालयबाट प्लस टू गरेका १३ जनाले भेटेरीनरी डाक्टर पढेका छन् । त्यसैगरी २ जनाले ऋब् गरिसकेका छन् भने इन्जिनियरिङ, बिएससी नर्सिङ , फोरेष्ट्री, र आयुर्वेदिक डाक्टरमा गरी सयौ विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेकी छन् । २०६२ मा स्थापना भएको स्कुलले २०७१ देखि विज्ञान विषयको अध्ययन सुरु गरेको थियो ।

गत शैक्षिक शत्रमा ८० जना विद्यार्थीले प्लस टू गरेका थिए । कक्षा ११ मा विज्ञान विषय अध्ययनरत विद्यार्थी प्रिन्जल गहतराजले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रिन्सिपल चूडामणि शर्माले गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार