कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

Published by:

Published on:

ऐश्वर्या कुवँर महेन्द्रनगर माघ २ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा शुक्रबार भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित भीमदत्त नगरबिकास समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का लागि निर्वाचन अधिकृतका रूपमा कञ्चनपुर जिल्ला अदालतका माननयि न्यायधिश राजेन्द्र सिंह भन्डारी खटिनु भएको छ।निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचन सम्बन्धी सम्पूर्ण प्रशासनिक, कानुनी तथा व्यवस्थापनका कार्यहरू औपचारिक रूपमा सुरु गरिएको समेत निर्वाचन अधिकृत भन्डारीले जानकारी दिनुभयो।कार्यालय स्थापना भएपछि उम्मेदवारी दर्ता,निर्वाचन आचारसंहिता कार्यान्वयन, गुनासो सुनुवाइ तथा निर्वाचन व्यवस्थापनका विविध गतिविधिहरू सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृत कार्यालय स्थापनाका लागि जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरीशचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी,सुरक्षाकर्मी लागायत राजनितिकर्मीहको समेत उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार