महेन्द्रनगर माघ २ । कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । शुक्रबार बिहान जिल्लाको भीमदत्त नगरपालिका ६ महेन्द्रनगर भानुपार्टी प्यालेश अगाडी रहेको सेती महाकाली पेट्रोल पम्प नजिकै महाकाली यातायात अन्तर्गत नेपाल–भारत मैत्री बस सेवा सञ्चालनमा रहेको सु.प्र.प्र.०२–००१ ख१०८३ नम्बरको बसले पैदलयात्रुलाई ठक्करदिदा पैदलयात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाको छ ।
बस चालक कैलाली जिल्लाको गोदावरी नगरपालिका –१० मालाखेती खमौरा बस्ने वर्ष ४६ का राम बहादुर ताम्राकारलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ । बसको ठक्करबाट ज्यान गुमाएका ४० वर्षका पैदलयात्री भने पहिचान खुल्न सकेको छैन बसको .ठक्करबाट ज्यान गुमाएका पुरुषको शव शव परिक्षणको लागि महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
