कपाबाट कञ्चनपुर १ र ३ मा बीना मगर र मान सुनार चुनावी मैदानमा

Published by:

Published on:

महेन्द्रनगर माघ ५ । नेपाली कम्युनिष्ट पाटी९नेकपा०बाट पुर्वमन्त्रीद्वय बीना मगर र मान बहादुर सुनारले टिकट पाएका छन । कञ्चनपुर क्षेत्र १मा संघीय सरकारकी पुर्व खानेपानीमन्त्री बीना मगर र क्षेत्र ३बाट प्रदेशका भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले टिकट पाएका हुन ।

नेकपाले कञ्चनपुर क्षेत्र १मा महिलाबाट बीना मगर र दलितबाट मान बहादुर सुनारलाई अघि सारेको जनाएको छ ।नेकपा कञ्चनपुरका नेता खेमराज पाण्डेयले क्षेत्र, जिल्लाबाट सिफारिस भएका आधारमा १मा बीना मगर र ३मा मान बहादुर सुनारले टिकट पाएको बताए ।

नेकपा केन्द्रीय सदस्य समेत रहेका पुर्वमन्त्री मगर ०७०मा पहिलो संविधान सभा सदस्य चुनाव लडेकी थिईन, दोस्रो प्रयासमा ०७४मा पहिलो पटक संसदीय यात्रा तय गरेकी मगर मन्त्री भएकी थिईन । ०७९मा पनि पराजित भएकी नेतृ मगर फेरी ०८२मा संसदीय यात्रामा होमिएकी छिन ।

०७४मा क्षेत्र ३९ख०बाट प्रदेश सभा सदस्य हुँदै राज्यमन्त्री भएका सुनार फेरी प्रदेशबाट संघीय संसदको यात्रामा छन । पुर्वमन्त्री मगरले मन्त्री नहुँदै भएपछि र हालसम्म क्षेत्र १ को विकासका योजना अघि सार्दै आएको र मन्त्री सुनारले समेत मन्त्री हुँदा नहुँदा क्षेत्रको विकासमा गरेको योगदानले क्षेत्रका जनता फेरीपनि उत्साहित भएका छन ।

नेकपाबाट प्रत्यक्ष तर्फ बीना मगर सुदूरपश्चिमै एक्ली महिला उम्मेदवार भएको दावि गरिरहेको छ । क्षेत्र २मा पहिलो चरणमा प्रदेशका पुर्व समाजिक विकासमन्त्री लाल बहादुर खडकाको नाम सार्वजनिक भएपनि दोस्रो दिन नेकपा युवा नेता माधव पन्तको नाम सार्वजनिक भईरहेको छ ।

यस बारे नेकपा जिल्ला पाटीका नेता कार्यकर्ताहरुले २मा अझैपनि आधिकारिक को भन्ने बारे अन्यौलता छाएको जनाएका छन । ‘पुर्वमन्त्री लाल बहादुर खडका र युवा नेता माधव पन्त दुवै जनाले पाटीबाट टिकट आ–आफुले पाएको देखाईरहेका छन, ‘नेकपा एक नेताले भने, ‘हामीलाई पनि यसले अन्यौता छाएको छ, माथि बुझेर मात्रै को आधिकारित उम्मेदबार भएको भन्छौँ ।

’ यस अघि नेकपा कञ्चनपुरले जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो । नेकपा जिल्लामा जसले टिकट पाएपनि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि कटिबद्ध भई लाग्नुपर्ने धारणा अघि सारिरहेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार