जनतामा परीक्षण नभएका काँग्रेस कञ्चनपुरका पुर्व सभापति बोहरा ३बाट चुनावी यात्रामा

Published by:

Published on:

कञ्चनपुर । चार दशकदेखि राजनीति जिवनमा सकृय नेपाली काँग्रेस कञ्चनपुरका नेता हरि प्रशाद बोहरा पहिलो पटक सासदको यात्रामा दौडिएका छन । काँग्र्रेस कञ्चनपुरका खम्बाकै रुपमा स्वच्छ समाजिक छवि बनाएका बोहरा जिवनमै पहिलो पटक राजकीय प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका हुन । बोहरा नेपाली काँग्रेस क्षेत्र ३ का बलिया उम्मेदवारका रुपमा हेरिएको छ । किशोरास्थादेखि नै काँग्रेसको सकृय राजनीतिमा होमिएका बोहराको उर्जावान जिवन काँग्रेसमै बित्यो ।

पुख्यौली घर डडेल्धुरा भएपनि उनको परिवार झण्डै ५दशक अघि तराई कञ्चनपुर झरेको थियो । ०३६सालमा जनमत संग्रहका लागि भएको आन्दोलनमा स्कुले जिवनमा रहेका बेला बोहरा पनि साथीभाईसंगै आन्दोलनमा होमिएका थिए । उतिबेला राजनैतिक सचेतना नआउँदै आन्दोलनमा होमिए बाफत तत्तकालिन पञ्चायती शासकले पक्राउ गरे । तर, विद्यार्थी यूनिटी बलियो हुन्छ, भान पाएर तत्तकालिन सरकारले बोहरालाई पक्राउ गरेपछि छाडेको थियो ।

गाँउकै स्कुलबाट एसएलसी उर्तिण गरेपछि बोहरा प्लटु अध्ययनका लागि भारतको नैनिताल गएका थिए । त्यहाँ पनि अध्ययनका सिलसिलामा नेपाल विद्यार्थी यूनियनको सदस्य भएर काम गरेका थिए । सानैदेखि दुखि मानिसको उद्दारदेखि समाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने बोहरामा हुटहुटी थियो । त्यही भएर अध्ययनसंगै विद्यार्थी आन्दोलनमा जोडिएका थिए । स्नातक अध्ययनका लागि काठमाण्डौँ गएका बोहरा क्याम्पसदेखि नेवि संघको सदस्यता लिएका थिए ।

नेवि संघको सदस्यता लिएका बोहरा स्कुल विदाका बेला घर(कञ्चनपुर महेन्द्रनगर) आएको समयमा जननिर्वाचित प्रधानमन्त्री तथा काँग्रेसका संस्थापक विपी कोईरावालाको स्मृति दिवसमा सहभागि र पञ्चायत शासन बिरुद्ध काँग्रेसले ०४२सालमा शुरुवात गरेको सत्याग्रहमा समेत सहभागि भएपछि राजनीतिमा आउन उत्प्रेरित भएका थिए । बोहरा परिर्वतनका लागि भएका जनमत संग्रहदेखि दोस्रो जनआन्दोलनमा प्रत्यक्ष सहभागि भएर हिरासतदेखि तत्तकालिन प्रहरीबाट कुटाई खादा समेत राजनीतिक यात्राबाट कतै डगमगाएनन्. ।

०३६को जनमत संग्रह, ०४२को सत्याग्रह, ०४६सालको जनआन्दोलनपछि ०६२÷०६३को दोस्रो जनआन्दोलनमा प्रत्यक्ष सहभागि भएका बोहराको राजनीतिक यात्रा सफला नै रह्यो । अध्ययनपछि ०४८सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिएका बोहरा पाटी कञ्चनपुर जिल्लाको मुल नेतृत्वमा पुगे । १०औँ महाधिवेशनमा पाटी जिल्ला सदस्य, ११औँमा जिल्लासहसचिव, १२औँमा उपसभापति र १३औँ जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

१४औँ महाधिवेशन क्षेत्र २बाट महाधिवेशन प्रतिनिधी बनेका बोहरालाई रमेश लेखक निकट नेता भन्दै एनपी पक्षले हराएका थिए । पाटीको सच्चा सिपाही भएर काम गरिरहेका बोहरालाई पाटीले यस पटक न्याय गरेको छ । यस अघि ०७०देखि ०७९सम्म क्षेत्र, जिल्लाबाट पटक पटक सिफारिस हुने तर, टिकट पाउनबाट बञ्चित हुने बोहरालाई काँग्रेसले पहिलो पटक कञ्चनपुर क्षेत्र ३बाट उम्मेदवार बनेका थिए । पटक पटक सिफारिस हुने तर, कहिल्यै टिकट नपाउने बोहरा कहिल्यै विचलित भएनन् ।

जसले टिकट पायो, त्यहीलाई आफु नै उम्मेदवार भएको सम्झिएर जिताउन खटिन्थे । संयोग ०४८देखि ०७९सम्म भएका विभिन्न चुनाव क्षेत्र ३बाट काँग्रेसका उमम्देवार जिताउन तिनै बोहरा सकृय भएर लागे । ०४८मा तारणीदत्त चटौत, ०५६, ०७०, ०७९मा प्रत्यक्ष, ०६५मा समानुपातिक रमेश लेखक, ०६४मा पाटी निर्वतमान सभापति शेर बहादुर देउवा जिताउन अहोरात्र खटिए जिताएपनि । क्षेत्र ३मात्रै नभई सिङ्गो जिल्लामा ०४८यताका सबै निर्वाचनमा प्रत्यक्ष सहभागि भएर जिताउन भूमिका निर्वाह गरेका थिए ।

०४८मा क्षेत्र १बाट बासुदेव भट्ट, ०५६मा क्षेत्र २ एनपी साउद, जिताउन भूमिका निर्वाह गरेका थिए । ०७०मा जिल्लाका चारै निर्वाचन क्षेत्रमा क्रमस दिवान विष्ट, एनपी साउद, बहादुर थापा र रमेश लेखक जिताएर काँग्रेसको लाल किल्ला बनाउने कामका समेत बोहरा प्रत्यक्ष चुनावमा खटिएका थिए । आफु जिल्ला सभापति भएका बेला ०७४ को स्थानीय तह निर्वाचनमा दोधाराचाँदनी मेयर बीर बहादुर सुनार, भीमदत्त नगर उपमेयर शुशिला सिह, शुक्लाफाँटा नगर मेयर दिल बहादुर ऐर सहितका अधिकाँस वडाहरु जितेका थिए ।

साथै हारेका स्थानीय पालिकामा पनि पाटी दोस्रो स्थानमै पु¥याएका थिए । ०७४मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा तत्तकालिन माओवादी, एमाले चुनावी गठबन्धन भएपछि दोस्रो स्थानमै काँग्रेसको जनमत स्थिर गराएका थिए ।

०७९मा सम्पन्न भएको पालिका, प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा जिसस प्रमुख दुर्गादत्त बोहरा, उपप्रमुख राम कुमारी राना, पालिका क्रमस दोधाराचाँदनी उपमेयर गंगा जोशी, भीमदत्त मेयर पदम बोगटी, उपमेयर निलम लेखक, बेदकोट मेयर भोजराज बोहरा, उपमेयर तुलसी जोशी, शुक्लाफाँटा उपमेयर कल्पना पन्त, कृष्णपुर मेयर हेमराज ओझा, उपमेयर द्रोपती राना, पुनर्वास मेयर तोय प्रशाद शर्मा, उपमेयर भुलिया राना, बेलडाँडी प्रमुख हरिशचन्द्र राना, उपप्रमुख शान्ति नाथ सहितका अधिकाँस वडाहरु जिताउन भूमिका निर्वाह गरेका थिए । साथै क्षेत्र १(ख) दिवान विष्ट, २(ख) बहादुर थापा, ३(ख) बेल बहादुर राना र ३प्रतिनिधी सभा सदस्यमा रमेश लेखक जिताउन अहोरात्र खटिएका थिए ।

तीनै तहका निर्वाचनमा पाटीका तर्फबाट सबै उम्मेदवार जिताउन सशक्त भुमिका निर्वाह गरेका बोहरा अहिले ४०बर्षपछि चुनावी मैदानमा होमिएका छन । आफ्नै पाटीका साथीभाई अग्रज नेताहरु जिताउन सतिशाल झै भएर चुनावी मैदानमा होमिएका बोहराका लागि कति नेता कसरी खटिन्छन भन्ने आम नागरिकमा समेत प्रशन खडा भएको छ । ५९ बर्षिया बोहराको चार दशक राजनैतिक, समाजिक जिवनमा कुनैपनि सार्वजनिक एव लाभको पद लिएका छैनन् ।

उनीप्रति पाटी मात्रै होईन नागरिक समेत नयाँ उम्मेदवार भन्दै आशावादी देखिएका छन । विवादरहित राजनीतिक, समाजिक व्यक्तित्व भन्दै बोहराको उम्मेदवारीसंगै उनीप्रति सद्भाव, हौसला थपिएका काँग्रेस नेता कार्यहरुको भनाई छ । हाम्रो कालापानी खबर

ताजा समाचार

सम्बन्धित समाचार