काठमाडौं माघ १३ । बुधबार देशको उच्च पहाडी तथा हिमाली भू भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू(भागमा साधारणतया बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशको पहाडी र हिमाली भू भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ।
