महेन्द्रनगर माघ १३ । वि.स २०८२ भाद्र २३ र २४ गते देशको अवस्था व्यावस्था परिवर्तन नातावाद,कर राजश्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग विरोधको पृष्ठभूमिलाई मध्यनजर गदै देशव्यापी रुपमा जेनजी आन्दोलन भयो ।
नेपाल सरकार विरुद्धको प्रदर्शन पछि सत्तापक्षबाट भएको बर्बर दमनका कारणले देशले नसोचकै क्षति बेहोर्नुपर्यो झडपमा परेर ७२ जना युवाहरुले अकालमै ज्यान गुमाउनु पर्यो भने कंयाँे घाईते भएर आजिवन अपाङ्ग भएर सहराविहिन अवस्थामा जिवन काटिरहेका छन्।
भदौ २३ र २४ गते भएको आन्दोलनको कारण देशले ठुलो मानविय तथा भौतीक क्षती बेहोर्नुपर्यो विरोध प्रदर्शनमा मृत्यु हुनेको कुल सख्या ७२ पुगेको थियो ।जसमा ५१ प्रदर्शकारी,१० कैदिबन्दी ३ प्रहरी समेत थिए। भाद्र २४ गते भएको विध्वंश पश्चात बालबालिका, युवा तथा वृद्धहरूमा गहिरो मनोवैज्ञानिक असर परेको छ ।
जसले गर्दा उनीहरूलाई नियमित रूपमा फर्किन धेरै समय लाग्नेछ । राजनीतिक दलका नेता, राजनीतिकर्मी, पार्टी कार्यालयहरू, सांसद, उद्योगी, व्यवसायी तथा स्थानीय तहका जनप्रतिनिधिहरूको व्यक्तिगत सम्पत्ति र घरहरूमा तोडफोड, लुटपाट र आगजानी भएको कारण सामाजिक सद्भाव खलबलिएको छ ।
साथै आगामी निर्वाचनहरूमा शुद्ध मनबाट देश र समाजको सेवा गर्छु भनेर राजनीतिमा होमिने व्यक्तिहरूलाई पनि म साँच्चै यसमा जाउँ त भनेर एकचोटी सोच्न बाध्य बनाउनेछ । साथै अर्कोतर्फ जसको घरबारबिहिन भएको छ जसको सम्पत्ति लुटिएको छ र चोरिएको छ ।
उसले व्यक्तिगत रिसिबीका कारण समाजमा फेरि अर्को आन्तरिक द्वन्द्व वा बदलाको भावना प्रकट हुने देखिन्छ । जसको कारण फेरि पनि अशान्ति हिंसा नै देखापर्ने छ । भाद्र २४ गतेकै आन्दोलनको कारणले जेलबाट भागेका करिब १० हजारभन्दा कैदीबन्दी अझैपनि फरार रहेका छन् ।
यति बेला देशमा प्रधानमन्त्री सुसीला कार्की नेतृत्वको अन्तरिम सरकार छ ।यो सरकारले देशमा शान्ति बहाली,प्रशासनिक कामकाज,र आम निर्वाचनको व्यावस्थापन गर्नु हो । यस्तो सरकारले निर्वाचन हुने सम्मको लागि मात्र काम गर्छ । कार्की सरकारले प्रतिनिधिसभा सदस्य चयनको लागि फागुन २१ गते निर्वाचनको अन्तिम टुङ्गो समेत लगाई सकेको छ ।
देश भर निर्वाचन प्रहरी भर्नाको काम समाप्त भईसकेको छ । निर्वाचन नजिकिदै गर्दा सरकारले देशभरको शान्ति सुरक्षा समेत चुस्त दुरुस्त पारेको छ । चुनाव नजिकिदै गर्दा देश र जनतामा फरक किसिमको माहोल सिर्जना भईरहेको छ ।यती बेला पुराना दल र नयाँ दल विच चुनावी माहोल निकै घमासान हुने देखिन्छ ।
नयाँ तथा पुराना दलहरु मतदाता रिझाउनमा गाउँ देखि शहर सम्म ब्यस्त देखिन्छन् । फागुन २१ गते हुने निर्वाचनको माहोलले सामाजिक संजाल समेत निकै रङ्गीन बनेको छ ।देशभरमा नै उम्मेदवारको चटक हेरीनसक्नु छ। यस्तो बेला संचार माध्यमले गरेको नेताहरूको झूटो प्रचार र सञ्चार माध्यमको भूमिका जनताको मत जोखिममा पर्ने सक्ने सम्भावना निकै बढ्दो देखिन्छ ।
निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र नेताहरूले आफ्ना कामको प्रचार प्रसारमा तीव्रता दिएका छन्। तर केही सञ्चार माध्यमहरूले नेताहरूले नगरेका कामलाई गरिएका जस्तै देखाउने वा अतिशयोक्तिपूर्ण प्रचार प्रसारित गर्नाले जनतामा भ्रम फैलिरहेको छ।
विशेषज्ञहरूले भन्छन् कि झूटो प्रचारले मतदाताको निर्णय प्रक्रिया प्रभावित गर्न सक्छ।
जब जनतालाई वास्तविक तथ्यभन्दा फरक जानकारी दिइन्छ, उनीहरूले आफ्नो मत सही मूल्याङ्कनका आधारमा दिन सक्दैनन्। यसले केवल व्यक्तिगत नेताहरूलाई फाइदा पुर्याउने मात्र होइन, लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयतालाई पनि कमजोर बनाउँछ।
सञ्चार माध्यमहरूलाई यसमा बढी जिम्मेवार बन्नु आवश्यक छ।
राजनीतिक विज्ञापन र प्रचार प्रसारलाई सही तथ्य र प्रमाणका आधारमा मात्र प्रस्तुत गर्नुपर्छ। मतदाताले पनि केवल प्रचारमा विश्वास नगरी, नेताहरूको वास्तविक उपलब्धि र नीति बुझेर निर्णय गर्नु जरुरी छ।
विशेषज्ञहरू चेतावनी दिन्छन् कि यदि यो स्थिति जारी रह्यो भने, जनताको मत खेर जान सक्ने सम्भावना बढ्छ र लोकतन्त्रमा जनताको विश्वास कमजोर हुन सक्छ। देशमा शान्ति सुरक्षा अमन–चयन कायम राख्नुमा संचारमाध्यमको निकै महत्वपुर्ण भूमिका रहन्छ ।
