दलित समुदायबाट सुदूरपश्चिममा मान बहादुर सुनार एक्ला उम्मेदवार

Published by:

Published on:

सञ्जय महर महेन्द्रनगर माघ २० । आउँदो २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेश ठुला दलबाट कञ्चनपुर ३मा मान बहादुर सुनार एक्ला उम्मेदवार चुनावी मैदानमा होमिएका छन ।

सुनार नेपाली कम्युनिष्ट पाटी९नेकपा० कञ्चनपुर ३बाट प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानका होमिएका हुन । अन्य क्षेत्रतिर ठुला दलले दलित नेता नपत्याएपछि नेकपाले मात्रै कञ्चनपुर ३बाट सुनार अघि सारेपछि सिङ्गो दलित समुदाय नेकपाप्रति आभार प्रकट गरिरहेका छन ।

राज्यको नीति, नियम, क्षेत्र समावेसीको सिद्धान्त ल्याउने नेकपा संयोजक एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड० समावेसीका पणेता भएकाले अहिले अन्य दलमा रहेका दलित समुदायका नेताहरुले दलित समुदायको उत्थानका लागि राज्यका हरेक निकायमा पु¥याउन कागज, भाषणमा होईन यस्तै उम्मेदवार अघि सानुपर्ने धारणा लिईरहेका छन ।

चार दशकदेखि राजनीतिमा सकृय सुनारको राजकीय जिम्मेबारी क्रमसंगै अहिले दलित समुदायका सुनार राजनैतिक मात्रै होईन समाजिक क्षेत्रमा समेत उत्तिकै चर्चित छन । सुनार स्थानीय पालिका, प्रदेश सरकारको निर्भिकताका साथ क्रमिक रुपमा उनले संघीय सरकारको संसदको यात्रामा होमिएका छन । आगामी २१ फागुन ०८२ मा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा उनी नेपाल कम्युनिष्ट पाटी९नेकपा०बाट कञ्चनपुर क्षेत्र ३ का उम्मेदवार बनेर चुनावी मैदानका होमिएका छन ।

३३ बर्ष अघि ०४९ सालमा तत्तकालिन दोधारा गाविसको अध्यक्षको जिम्मेबारी कुसलतापुर्वक निर्वाह गरेका सुनारको काँधमा २५ बर्षपछि प्रदेश सभा सदस्यको जिम्मेबारी आयो । फेरी ८ बर्षपछि सुनार प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन ।
०७४ मा तत्तकालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेविच भएको चुनावी गठबन्धन अनुरुप एमालेबाट संघीय तर्फ डा। दीपक प्रकास भट्ट, तत्तकालिन एमालेबाटै ३९क० प्रकास रावल र माओवादीबाट सुनारले ३९ख०बाट टिकट पाएका थिए । उतिबेला भट्टले सुनार, सुनारले भट्टका लागि मत मागेका थिए । तर अहिले भट्ट र सुनार मुख्य प्रतिस्पर्धी भएका छन । भने, रावल अहिले पनि सुनार जिताउन खटिएका छन ।


पञ्चायतकालिन स्थानीय तह९सरकार०को नेतृत्व सम्हालेका सुनारले उतिबेला गरेको दीगो विकास निर्माणदेखि जनताका समस्यामा गरेका कामकाज योजनाको जनताले मुल्याङकन गर्दै अढाई दशकपछि पनि प्रदेश सभामा पठाउने निर्णय गरेका थिए ।
०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा सुनार क्षेत्र ३९ख०बाट उम्मेदवार थिए । उनलाई दोधाराचाँदनी सहित भीमदत्त नगरका जनताले भारी मतका साथ विजयी गराएर प्रदेशको सासद बनाए । प्रदेशको सांसद बनेका सुनार भूमि, व्यवस्था तथा कृषिराज्यमन्त्रीको जिम्मेबारीमा आए ।

राज्यमन्त्रीको छोटो जिम्मेबारीमा आएका सुनारले प्रादेशिक क्षेत्रको बृद्धि विकासका लागि कृषि, विपद्, भौतिक पूर्वाधार सहितका मानविय विकासका क्षेत्रमा काम गरेर चर्चा कमाएका तिनै सुनारको काँधमा फेरी केन्द्र सासदकै जिम्मेबारी आउने जनताको दावि छ । दोधाराचाँदनी नगरका स्थानीय कमल खत्रीले महाकाली नदी पारीका गाँउबस्तीको बृद्धि विकासका लागि सुनारले खेल्दै आएको भूमिका अतुलनिय भएको बताए ।

खत्रीले राजनैतिकसंगै समाजिक क्षेत्रको समेत भूमिकाले सुनार आशालाग्दो किरणकै रुपमा हेरिएको बताए ।
उनले दोधाराचाँदनीले यस अघि ०७९ मा ३९ख०बाट बेल बहादुर राना प्रदेश सांसद पाएको अहिले ०८२मा पनि दोधाराचाँदनीले नै केन्द्र सासद पाउने आशमा जनता मेरो,तेरो, अलानो फलानो पाटी नभनेर एकस्वरमा रहेको बताए । खत्रीले नेकपाले प्रदेशपछि केन्द्रको सांसदका लागि टिकट दिएसंगै सिङ्गो दलित समुदाय मात्रै होईन अन्य सबै समुदाय समेत सुनारको टिकटसंगै उत्साहित भएको बताए ।
१८ बर्ष अघि महाकाली पारीका जनताका सन्तान९विद्यार्थी०को उच्च शिक्षाका लागि आफ्नै ७कट्टा जमिन दान दिएका सुनारको शिक्षा क्षेत्रमा समेत महत्वपूर्ण योगदान छ ।०६४सालमा स्थापना भएको भानु बहुमुखी क्याम्पस स्थापनार्थका लागि सुनारले आफ्नो निजी सम्पत्तीबाट लाखौँ मुल्य पर्ने अचल सम्पत्ती दिएका थिए ।

महाकाली पारीको दोधाराचाँदनी नेपालको भूगोलतर्फ जोड्ने पुल नहुँदा उक्त क्षेत्रका विद्यार्थीको उच्च शिक्षा गाँउमै अध्यापनका लागि सुनारले जमिन दान गरेका थिए । जमिन दान मात्रै होईन उनले क्याम्पसको बृद्धि विकासका लागि समेत अतुलनिय भूमिका निर्वाह गरेका थिए ।
क्याम्पसको संस्थापक अध्यक्ष भएका सुनारको समाजिक योगदानले अहिले गाँउका हजारौँ विद्यार्थी लाभात्वित भएका छन । गाँउकै उच्च शिक्षा अध्ययन गर्न पाएपछि विद्यार्थीलाई ठुलो राहत पुगेको छ । नेपाल कम्युनिष्ट पाटीले दलित समुदायबाट सुनारलाई यस अघि र अहिले पनि राजकीय जिम्मेबारीमा पठाउने निर्णयसंगै क्षेत्र ३का नेकपा नेता कार्यकर्ताहरु फिल्डमा खटिएका छन । नेकपा नेतृ माया नेगीले क्षेत्र ३मा चुनाव प्रचारप्रसारका कामकाज भईरहेको बताईन ।

उनले चुनावी प्रंचारप्रसारका मुल,देखि विभिन्न उपसमिति र सम्पर्क कार्यालय संचालनमा आएको बताईन । ‘हाम्रा सबै नेता कार्यकर्ताहरुदेखि स्वयम उम्मेदवारकै सर्मथकहरु स्वतस्फूर्त रुपमा खटिएका छन, ‘उनले भनिन, ‘मान बहादुर सुनारकोृ राजनैतिक यात्रा पालिकादेखि प्रदेश हुँदै सिधै केन्द्रीय९सघीय० जिम्मेबारीमा पु¥याउन अहोरात्र खटिएका छन ।’ महाकाली नदी पारीको भूगोलबाट यस अघि पञ्चायतकालमा ईन्द्र बहादुर केसी सांसद थिए, भने बहुदलदेखि गणतान्त्रिक युगसम्म आईपुग्दा उक्त भुगोलबाट सुनार पहिलो पटक सांसदको प्रबल सम्भावना पुग्न लागेको नागरिकको समेत विश्वास रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार