नेपाली कांग्रेस नेता अच्युत कलौनीको मृत्यु रहस्यमा, कलौनीको घरको ढोका अगाडि भेटियो यस्तो चिठ्ठि,चिठ्ठिमा वाईसेलका नेताको नाम उल्लेख

Published by:

Published on:

महेन्द्रनगर माघ २२ । गत माघ १९ गते शनिबार नेपाली कांग्रेसका भीमदत्त नगर सभापती तथा बैजनाथ माविका विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष अच्युत राज कलौनी भीमदत्त नगरपालिका वडा नम्बर १८ वडा कार्यालय नजिकै पैदलमार्गमा घोप्टो परेको अवस्थामा मृतफेला परेका थिए ।

१८ माघ शुक्रबार साथिभाईको कामकाजका लागि साथिहरुसंगै दिउँसो धनगढी गएका कलौनी सोहि दिन साझँ साथिभाईबाट छुट्टिएर घर तर्फ फर्किएका थिए ।घर जाने भन्दै घरको आदिबाटो सम्म पुगेका कलौनी माघ १९ गते बिहान भीमदत्त नगगरपालिका वडा नम्बर १८ को वडा कार्यालयबाट २ सय मिटर तल फुटपाथमा मृत फेला परेका हुन । नेपाली कांग्रेसका होनाहार युवा, असल तथा सबैका पृय,मिलनसार नेता अच्युतराज कलौनीको मृत्यु भएको यहि माघ १९ गते बर्ष दिन पुरा भएको छ ।

कलौनी मृत्युको पन्ध्रौ दिनको पुण्य तिथिमा अकस्मात अत्यन्तै गोप्य भनेर चिठ्ठि देखापरेको मृतक कलौनीकी श्रीमती कमला पन्त कलौनीले आफ्नो सामाजिक संजाल फेसबुकमा साझा गर्नु भएको छ ।

ःमेरो श्रीमानको घटनाबारे विभिन्न शङ्का उपशंकाहरू आउँदै गर्दा उहाँको पन्ध्रौँ दिन को पुण्य तिथिमा अकस्मात हाम्रो घरको गेटभित्र अत्यन्तै गोप्य भनेर लेखिएको चिट्ठी देखापर्यो। अहिलेसम्म त्यो चिठ्ठी कसले किन लेख्यो भन्ने बारेमा ठोस अनुसन्धान हुन सकेको छैन। यो चिठ्ठी लेख्ने मान्छे पनि पक्कै शुभचिन्तक नहोला।

उहाँको घटना प्राकृतिक नभएर नियोजित र षड्यन्त्रमूलक तरिकाले गराएको थियो भनेर सबै उहाँका शुभचिन्तकहरुलाई जानकारी होस् र हामीलाई न्याय न्याय मिल्न सजिलो होस् भन्ने हेतुले घटना भएको एक वर्षपछि यो चिट्ठी सामाजिक सञ्जालमा राखे। यदि यस्तै गराएको हो भने मेरो श्रीमानको रगतको प्रत्येक थोपाले सराप्नेछ। मेरो।

मेरो सिन्दुर पुछ्नेको सर्वनाश होस् निर्दोषको रगत खेर जाने छैन। एउटा हाँस्दै खेलेको परिवारलाई छुटाउने अपराधीलाई कानुनले नछोडोस्!कलौनीको घरको मूल गेटमा फेलापरेको त्यो चिठ्ठिले कलौनी परिवारमात्र नभई प्रहरी र सारा कञ्चनपुर बासिलाई समेत कलौनीको मृत्युको घटनालाई ताजा अवस्थामा फर्काएको छ ।

चिठिको ब्यहोरा……यस्तो छ । चिठिको अन्तिममा लेखिएको छ उनलाई चिया नास्तामा स्लो पोईजन मिसावट गरेको थियो! घरको मूल गेटमा फेला परेको चिठ्ठिमा भीमदत्त नगरपालिका ५ बस्ने लोकेन्द्र राम बिकले धेरै मानिसहरुको जग्गा जमिनको दलाली गरेको विषयमा कलौनी र बिक विच ठुलै वादविवाद भएको र विकले नेपाली कांग्रेस नेता अच्युत कलौनीको मृत्यु रहस्यमा, कलौनीको घरको ढोका अगाडि भेटियो यस्तो चिठ्ठि,चिठ्ठिमा वाईसेलका नेता हु हेरौला भन्दै धम्की समेत दिएको उक्त चिठ्ठिमा उल्लेख गरिएको छ । बाकी चिठ्ठिमा ….

ताजा समाचार

सम्बन्धित समाचार