रास्वपाको धनगढी आम सभामा पत्रकारलाई प्रवेश रोक लगाएको र दुव्र्यवहार गरिएको भन्दै पत्रकार महासंघ प्रदेश समितिको आपत्ति

Published by:

Published on:

महेन्द्रनगर फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीको धनगढीमा आयोजना गरेको चुनावी सभाको समाचार संकलनका लागि कार्यक्रम स्थलमा पत्रकारलाई रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपशिचम प्रदेश समितिले आपत्ति जनाएको छ ।

महासंघका महासचिव शिवराज भट्टले विज्ञप्ति प्रकाशित गरी समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाएको र दुव्र्यवहार गरेको भन्दै निन्दा गरेको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीको धनगढीमा आयोजना गरेको चुनावी सभाको समाचार सङ्कलनका लागि आमसभा स्थलमा पुगेका पत्रकारहरूलाई लगाइएको रोक र दुव्र्यवहार प्रति नेपाल पत्रकार महासङ्ग सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ।

समाचार संकलनका लागि गएका पत्रकारहरूलाई रास्वपाको पास बिना जान नमिल्ने भन्दै धक्का मुक्का समेत गरिएको घटना निन्दनीय छ’ विज्ञप्तिमा भनिएको छ, ‘रास्वपाका कार्यकर्ताहरूले गरेको यस्तो कार्य नेपालको संविधानको प्रस्तावनामै भएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको प्रतिकुल भएको महासङ्कको ठहर छ । त्यसैले आसन्न चुनावका हरेक चुनावी कार्यक्रमहरूमा पत्रकारहरूलाई निर्वाध रूपमा समाचार सङ्कलन गर्न निर्वाचनमा सहभागी सबै दलहरूलाई अनुरोध गर्दछौं ।

महासंघ प्रदेश समितिले प्रदेश भरीका सबै सञ्चारकर्मीहरूलाई पत्रकार आचार संहिता र निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्दै कुनै पार्टी वा उम्मेदवारको एकपक्षीय प्रचारमा नलाग्न महासङ्ग आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार