कञ्चनपुर । आशन्न २१फागुन बुधबार हुन प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि ठुला दल भर्षेज नयाँ दलविच पतिस्पर्धा हुने भएको छ । ठुला राजनैतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी(नेकपा)र नयाँ राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवारविच प्रतिस्पर्धा हुने भएको हो । पछिल्लो जेनजी बिद्रोहसगै पुराना काँग्रेस, एमाले, नेकपासंग रास्वपा टक्कर दिने जनमत बृद्धि गरिरहेको र जनस्तरमा ठुलादलसंग रास्वपाकै प्रतिस्पर्धा हुने आँलकन गरिएको छ ।
कञ्चनपुरका ३निर्वाचन क्षेत्रमा १९दल सहितका ११ स्वतन्त्र गरेर ५५उम्मेदवार चुनावी मैदानमा होमिएका छन । पुरानैदेखि नयाँ एजेण्डा अघि सारेर दलहरु चुनाव आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रचारप्रसार समिति विस्तार, सम्पर्क कार्यालय संचालनदेखि घरदैलो अभियानमा जुटेका छन । जिल्ला, क्षेत्र, पालिका, वडादेखि बुथकेन्द्रसम्मै प्रचारप्रसार समिति बनाएर जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी(नेकपा), राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी(माओवादी), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा), नेकपा संयुक्त, उज्यालो पाटी नेपाल, प्रगतिशिल पाटी सहितका दल, एव स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका हुन ।
तीन बर्ष अघि मात्रै ४ मंसिर ०७९ मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा काँग्रेस, एमाले, नेकपाविचमै प्रतिस्पर्धा भएको थियो । चौथोमा रास्वपाले स्थान ल्याएको थियो । उतिबेला चौथोमा रहेको बैकल्पिक राजनैतिक शक्ति रास्वपाप्रति आकर्षण बढिरहेका बेला चारै दल कडा प्रंतिस्पर्धामा देखिएका छन । अधिल्लो निर्वाचनमा नेपाली काँग्रेस र तत्तकालिन नेकपा माअोवादी केन्द्रविच चुनावी गठबन्धन भएको थियो । क्षेत्र ३मा एमाले राप्रपासंग चुनावी गठबन्धन र २, ३मा एक्लै चुनावी मैदानमा होमिएको थियो । अहिले सबै दल एक्लाएक्कै चुनावी मैदानमा होमिएका छन । पञ्चायतकालनमा लबरु राना, पदम ठगुराठी र पञ्चायत ढक्नु अघि ०४३सालमा राप्रपाका ईन्द्र बहादुर केसी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । ०४८मा क्षेत्र २ रहेको कञ्चनपुरमा १बाट बासुदेव भट्ट र २बाट तारणी चटौत, ०५६मा १बाट एनपी साउद र २बाट रमेश लेखक, ०५१ मा तीन क्षेत्र रहेका बेला तीनै क्षेत्रमा एमालेका क्रमस १बाट राम कुमार ज्ञवाली, २ भोजराज जोशी र ३बाट उर्वादत्त पन्त जितेका थिए । पहिलो संविधान सभा सदस्य निर्वाचन ०६४ मा ४ क्षेत्र रहेका बेला तत्तकालिन माअोवादीबाट १मा पुरन राना, २मा देवीलाल चौधरी, ३ टिकेन्द्र प्रशाद भट्ट, ४मा काँग्रेसका शेर बहादुर देउवा र ०६५मा भएको उपनिर्वाचनमा ४बाट माओवादीकै हरिस ठकुल्ला(कमल क्षेत्री)ले जितेका थिए ।
०७०मा भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा चारै क्षेत्रमा काँग्रेस क्रमस दिवान सिह विष्ट, एनपी साउद, बहादुर थापा र रमेश लेखक जितेका थिए ।
०७४मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा तत्तकालिन एमाले, माओवादी गठबन्धनबाट १मा माअोवादी नेतृी बिना मगर, २मा एमालेका नर बहादुर धामी र ३मा एमालेकै डा. दीपक प्रकास भट्ट जितेका थिए ।
०७९मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा काँग्रेस, माओवादीविच भएको गठबन्धनमा १मा माओवादीकी बिना मगरमाथि अन्तरघात हुँदा उनी पराजित भईन, त्यहाँ एमालेका तारालामा तामाङ्गले जिते, २मा काँग्रेसमा एनपी साउद र ३मा काँग्रेसकै रमेश लेखकले नै जितेका थिए ।
अहिले कुनैपनि दलहरुविच गठबन्धन भएको अवस्थामा एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन, सबैले आ–आफ्नो जित हुने दावि गरिरहेका छन । गत निर्वाचन कञ्चनपुरमा १ तेस्रो लिङ्ग सहित १ लाख ४६ हजार, ८४६ पुरुष र १ लाख, ५५ हजार, ६६२ महिला गरी कुल ३ लाख, २ हजार ५०९ मतदाता मध्ये, १ लाख, ८६ हजार ३२२ ले मतदान गरेका थिए । अधिल्लो चुनावको तुलनामा अहिले ११हजार, ९७६मतदाता मात्रै बढेका छन । ०८२मा आईपुग्दा १तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २सय ४८ महिला मतदाता बढी रहेका छन ।
क्षेत्र १ पुर्वमन्त्री बीना मगर, पुर्व सासद तारालाई रास्वपाका धामी र काँग्र्रेसका उपाध्याय भारी
कञ्चनपुर निर्वाचन क्षेत्र १मा १५ दल र सहित ४ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएको भएपछि अहिलेको निर्वाचनमा चारै दलविच प्रतिस्पर्धा देखिएको छ ।
पुर्वमन्त्री बीना मगर, पुर्व सांसद तारालामा तामाङ्ग पुन जितका लागि र पहिलो पटक चुनावी मैदान टिकेको रास्वपाका जनक धामी, काँग्रेंसका गोपी प्रशाद उपाध्याय चुनावी मैदानमा होमिएका छन । उक्त क्षेत्रबाट नेकपाकी उम्मेदबार बीना मगरले ०७४, एमालेका तारा तामाङ्कले ०७९ र ०६४मा नेकपा(मओवादी)का पुरन राना थारुले जितेका थिए ।
साथै नेकपा(माओवादी)का पुरन रानाथारु, नेपाल मजदुर किसान पाटीबाट कटक बहादुर शाही, संयुक्त नागरिकका दानियक विक, राप्रपाका दिल्ली ब. शाही, प्रगतिशिल लोकतान्त्रिक पाटीका देपेन्द्र बहादुर शाही, उज्यालो पाटीका माईकल तामाङ्ग, जनमोर्चाका राजाराम चौधरी, आम जनताका सिता विजक, मितेरी पाटीका सियाराम राना, मंगोल नेशनल अर्गनाईजेशनका हुम बहादुर गुरुङ्ग, जनमोर्चाका राजाराम चौधरी, आम जनताका सिता विजक, मितेरी पाटीका सियाराम राना, मंगोल नेशनल अर्गनाईजेशनका हुम बहादुर गुरुङ्ग र स्वतन्त्रबाट यादव सिह, रुवपादेवी विष्ट, मञ्जुदेवी लुहार, अनिल राना रहेका छन ।
नेकपाकी बीना मगर, तारालामा तामाङ्ग, नेकपा(माओवादी)का पुरन रानाथारु, राप्रपाका दिल्ली ब. शाही दोहोरिएका छन । मगर, तामाङ्ग र रानाथारुले यस अघि जितेका थिए । उनीहरुका एजेण्डा सीमा समस्या समाधान, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, आरक्षपीडित, सुुुकुमबासीका समस्या समाधान गर्ने समान एजेण्डा रहेका छन । ०७९ मा क्षेत्र १मा ९९ हजार ११०मतदाता मध्ये ६३हजार ६०४मत खसेका थिए । काँग्रेस, माओवादी गठबन्धनमा धोका भएपछि बिना मगर १९ हजार ३४६मा सीमित भएपछि एमालेका तारालामा तामाङ्गले २४ हजार ८९२मत ल्याएका थिए । ०७४मा सारथी तारा र बिना, ०७९ र ०८२मा प्रतिस्पर्धामा छिन । उक्त क्षेत्रबाट रास्वपाका उम्मेदवार देवराज जोशीले १ हजार ९०६मत ल्याएका थिए । यस क्षेत्रमा ०४८मा काँग्रेसका बासुदेव भट्ट, ०५१मा एमालेका राम कुमार ज्ञवाली, ०५६मा काँग्रेसका तारणीदत्त चटौत, ०६४मा माओवादीका पुरन राना(थारु), ०७०मा काँग्रेसका दिवान सिह विष्ट, ०७४मा तत्तकालिन माओवादी नेतृ हाल नेकपा उम्मेदवार बीना मगर र ०७९मा एमालेका नेता एव हालका उम्मेदवार तारालामा तामाङ्गले जितेका थिए । क्षेत्र १मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता रहेका छन । भने, ३२ वडा रहेको क्षेत्र १मा ५२मतदान स्थलमा १२२ मतदान केन्द्र रहेका छन ।
पुर्वमन्त्री एनपी साउदलाई नेकपाका पन्त, रास्वपाका बोहरा र एमालेका सिह भारी
क्षेत्र २मा पनि १५ दल, ४ स्वतन्त्र गरेर १९ उम्मेदबार चुनावी मैदानमा होमिएका छन । १९ उम्मेदवार चुनावी मैदानमा होमिएपनि अहिले काँग्रेस, एमाले, नेकपा र रास्वपाविच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
०५६, ०७०, ०७९ तीन पटक जितेका काँग्रेसका एनपी साउद चौथो पटक सांसदका लागि चुनावी मैदानमा होमिएका छन । ०७९मा १ लाख ५ हजार ५७७ कुल मतदाता मध्ये ६४ हजार ७५२ मतदाता रहेको क्षेत्र २ मा माओवादी काँग्रेस गठबन्धनबाट पुर्वमन्त्री समेत एनपी साउदले २८ हजार १सय, एमाले उम्मेदवार नर ब. धामीले २१ हजार ६४५मत ल्याएका थिए । रास्वपा उम्मेदवार झकर जोशीले ४ हजार ९३१मत ल्याएका थिए ।
सांसदका लागि चौथो पटक चुनावी मैदानमा होमिएका एनपीलाई पहिलो पटक सांसदका लागि चुनावी मैदान टेकेका एमालेका बचन बहादुर सिह, नेकपाका माधव पन्त र रास्वपाका दिपक बोहरा भारी भएका छन । साथै संयुक्त नागरिकका खडक ता्रमा्रकार, आम जनता पाटीका जग्गु चौधरी, राप्रपा तिर्थराज चटौत, मितेरीका तेज बहादुर बडाल, प्रगतिशिलका धर्ममानन्द जोशी, नागरिक उन्मुक्तिका प्रेमबती राना, उज्यालो पाटीका योगेन्द्र ब. साउद, जनमतका रामचन्द्र भट्ट, जनमोर्चाका राम बहादुर कार्की, नेकपा(माओवादी)का लोकेन्द्र बहादुर बिक, नेपाल मनजुर किसान पाटीका सिताराम राना, स्वतन्त्रबाट हरिस बहादुर भट्ट, सिद्धराज जोशी, बिरेन्द्र राना, भानुक्त बोहरा स्वतन्त्र उठेका छन ।
यस क्षेत्रबाट चुनावमा काँग्रेसका एनपी साउद र नाउपा नेपालकी प्रेमबती राना दोहोरिएकी छिन । साउद तेस्रो पटक जितेर चौथो जितका लागि चुनावी मैदानमा छन । ०५६, ०७०, ०७९ तीन पटक जितेका काँग्रेसका एनपी साउद चौथो पटक सांसदका लागि चुनावी मैदानमा होमिएका छन । सांसदका लागि चौथो पटक चुनावी मैदानमा होमिएका एनपीलाई पहिलो पटक सांसदका लागि चुनावी मैदान टेकेका एमालेका बचन बहादुर सिह, नेकपाका माधव पन्त र रास्वपाका दिपक बोहरा भारी भएका छन । यस क्षेत्रका उम्मेदवारले समेत आरक्षपीडित, भूमिहिन, सुकुमबासी, सिँचाई, सडक, मानव बन्यजन्तुद्वन्द्व न्यूनिकरण एजेण्डा अघि सारेका छन ।
३० वडा रहेको क्षेत्र २मा १तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १लाख, ९ हजार ५७४मतदाता रहेका छन । ४२मतदान स्थलमा १२३मतदान केन्द्र रहेका छन । यस क्षेत्रबाट ०४८मा काँग्रेसका बासुदेव भट्ट, ०५१मा एमालेका भोजराज जोशी, ०५६, ०७०, ०७९ मा काँग्रेसका एनपी साउद, ०६४मा माओवादीका देवीलाल चौधरी,०७४मा एमालेका नर बहादुर धामी निर्वाचित भएका थिए ।
पुर्वमन्त्री, सासदद्वय सुनार,भट्टलाई पहिलो पटक चुनावी मैदान टेकेका महता र बोहरा भारी
कञ्चनपुर निर्वाचन क्षेत्र ३मा १४ दल, ३ स्वतन्त्र गरेर १७उम्मेदवार चुनावी मैदानमा होमिएका छन । १७ उम्मेदवार चुनावी मैदानमा होमिएको भएपनि मुख्य गरेर चार राजनैतिक दलमै प्रतिस्पर्धा देखिएको छ । नेकपाबाट पुर्व सुप प्रदेशका राज्यमन्त्री मान बहादुर सुनार, एमालेबाट पुर्व सांसद डा. दीपक प्रकास भट्टलाई पहिलो पटक चुनाव मैदान टिकेको काँग्रेस कञ्चनपुरका पुर्व जिल्ला सभापति हरि प्रशाद बोहरा र रास्वपा युवा ज्ञानेन्द्र महता भारी परेका छन ।
नेकपाबाट पुर्व सुप प्रदेशका राज्यमन्त्री मान बहादुर सुनार, एमालेबाट पुर्व सांसद डा. दीपक प्रकास भट्टलाई पहिलो पटक चुनाव मैदान टिकेको काँग्रेस कञ्चनपुरका पुर्व जिल्ला सभापति हरि प्रशाद बोहरा र रास्वपा युवा ज्ञानेन्द्र महताविच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (माअेवादी)का विष्णूप्रकास उपाध्याय, नेकपा(सयुक्त)का कर्ण बहादुर चन्द, राप्रपाका पूर्ण बहादुर चन्द, मितेरी पाटीका किरन थापा, श्रम संस्कृतिका गगादत्त जोशी, उज्यालो पाटीका भीम ब. कुमाल, नेपाल मजदुर किसान पाटीका मिनु गिरी, आम जनता पाटीका लक्ष्मी कुमारी विष्ट, जनमोर्चाका लाल बहादुर कुँवर, राष्ट्रिय मुक्ति पाटीका लोकराज भट्ट, स्वतन्त्र तर्फ थानेश्वर लेखक, हर्क ब. ऐर, बीरसिह क्षेत्री रहेका छन । यस क्षेत्रमा पुर्व संघीय साउद डा. दीपक प्रकास भट्ट, पुर्व प्रदेशका राज्यमन्त्री मान बहादुर सुनारलाई ज्ञानेन्द्र महता, हरि प्रशाद बोहरा भारी परेका छन । यस क्षेत्रका उम्मेदवारले समेत महाकाली जगबुढा नदीको कटानी, चुरे दोहोन नियन्त्रण, महाकाली अस्पताल सुधार , सुप विश्वविद्यालय स्तरोन्नती, स्मार्ट बजार, सुख्खा बन्दरगाह निर्माणका चुनावी एजेण्डा अघि सारेका छन ।
अधिल्लो पटक ०७९मा सम्पन्न भएको निर्वाचनमा क्षेत्र ३मा ९७ हजार ८२२ कुल मतदाता मध्ये ५७ हजार मध्ये ९६६ मत खसेका थिए । यस क्षेत्रमा काँग्रेस, तत्तकालिन माओवादी गठबन्धनका काँग्रेस नेता रमेश लेखकले ३० हजार ५२३ र राप्रपा, एमाले गठबन्धनबाट एमाले नेता निरुदेवी पालले १८ हजार ४४८मत ल्याएकी थिईन । रास्वपा उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत ल्याएका थिए । तर, रास्वपाले उतिबेला प्रत्यक्ष भन्दा समानुपातिक तर्फ तीनै निर्वाचन क्षेत्रमा ४ हजार २३६, ५ हजार २८८ र ४हजार ९सय मत ल्याएको थियो । ०७४मा एकले अर्काका लागि मत मागेका नेकपाका सुनार र एमालेका भट्ट अहिले मुख्य प्रतिस्पर्धी भएका छन । ३० वडा रहेको यस क्षेत्रमा ५०हजार ४८७पुरुष, ५२ हजार, ६सय महिला गरेर १लाख ३ हजार, ८७मतदाता रहेका छन । भने, ३७मतदान स्थलमा ११५मतदान केन्द्र रहेका छन । यस क्षेत्रबाट ०४८मा काँग्रेसका तारणीदत्त चटौत, ०५१मा एमालेमा उर्वादत्त पन्त, ०५६, ०७०, ०७९मा काँग्रेसका रमेश लेखक, ०६४मा काँग्रेसकै शेर बहादुर देउवा, ०६५मा माओवादीका हरिस ठगुन्ना(कमल क्षेत्री)ले जितेका थिए ।
चुनाव जित्ने कञ्चनपुरका नेकपा, काँग्रेस, रास्वपा एमालेको दावि
केशव थापा, फागुन १८
आशन्न २१फागुन बुधबार हुन प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्नो दलले दावि गर्ने जनाएका छन । यस पटकको निर्वाचनमा समेत चार राजनैतिक दलले चुनाव जित्ने दावि गरिरहेका छन । पुराना दल सहित बैकल्पिक शक्ति रास्वपा समेतले गत विगतका कामकाज योजना, अहिले जनताको रुझानलाई लिएर दलहरुले आ–आफ्नो पाटी जित्ने दावि गरिरहेका छन ।
राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका सभापति पदम बहादुर विष्टले जिल्लाका तीनै क्षेत्रका उम्मेदवार त्रय जनक सिह धामी, दिपकराज बोहरा र ज्ञानेन्द्र सिह महता सहित जनताको घर आगँनमा पुगिरहेको बताए । सभापति विष्टले देश बनाउने सकल्प लिएर मतदाता सहित जनताको घरदैलोमा लगिरहेको बताए । रास्वपा कञ्चनपुरका सभापति पदम विष्ट, हाम्रो विगतमा जनताले अन्य पाटीलाई मत दिए, जनताको अपेक्षा अनुरुप काम गरेनन्, रास्वपाले नयाँ सोच विचार अघि बढेको छ । अन्य दलले जनतालाई बोट बैंक बनाए तर, हामीले जनतालाई झुटा आश्वासन दिदैनौँ, यस पटक रास्वपालाई अपनाउन आग्रह गर्दैछौँ, गरेको पनि देआउँछौँ । जनलहर हाम्रो पक्षमा छ, यही हो हाम्रो जित्ने आधार हुन ।
नेकपा एमालेका उपाध्यक्ष जनकराज अवस्थीले वडा सम्र्पक कार्यालय, वडा भेला, टोल टोल, सम्पर्क कार्यालय उद्घाटन गरेर निर्वाचन प्रचारप्रसार समिति विस्तार उम्मेदवार सहित पं्रतिबद्धता जाहेर तिव्र पारेको बताए ।
हाम्रा उम्मेदवार तारालामा तामाङ्ग, बचन बहादुर सिह र डा. दीपक प्रकास भट्ट चुनावी मैदानमा होमिएका छन । उपाध्यक्ष अवस्थीले विगतमा एमालेले गरेका कामकाजदेखि संगठन पनि बलियो, चुस्त दुरुस्त भएकाले पाटीले यस पटक पनि जनताले हामीलाई विश्वास गर्नेवाला छन ।
नेपाली कम्युनिष्ट पाटी(नेकपा)का जिल्ला संयोजक खेमराज पाण्डेयले जिल्लाका तीनै निर्वाचन क्षेत्रमा जिम्मेबारी बाडफाँड गरेर नेता कार्यकर्ताहरु खटिएको बताए । उनका अनु्सार बीना मगर, माधव प्रशाद पन्त र मान बहादुर सुनार उम्मेदवार सहित नेता कार्यकर्ताहरु सुशासन दीगो विकासको एजेण्डा लिएर घरदैलोमा पुगिरहेको बताए । पाटीले अघि सारेका एजेण्डामै सिङ्गो मुलुक अघि बढीरहेको छ, हामीले अघि सारेका एजेण्डा सबै वर्ग समुदायका हितमा छन, सुशासन दिगो विकासका लागि पाटी सरकारमा जाँदा गरेका लोकप्रिय कामले समेत जनतामा नेकपा आशा पाएको हाम्रो जित त्यही भएर सुनिश्चित भयो ।
काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले जिल्ला, क्षेत्र, पालिका, वडा, बुथ स्तरमा प्रचारप्रसार समिति गठनदेखि सम्पर्क कार्यालय संचालनमा आएको बताए । उनका अनुसार क्रमस गोपी प्रशाद उपाध्याय, एनपी साउद र हरि प्रशाद बोहरा निरन्तर जनताको घरदैलोमा खटिएका छन । काँग्रेसले ०४८देखि ०७९सम्म जित्नै आएको जिल्ला हो, जितेका नेताहरुले सरकारमा गएपछि जनअपेक्षा अनुरुप काम गरेका छन, काँग्रेसले प्रचारभन्दा पनि काममा विश्वास गर्छ, त्यही अनुरुप हामीहरु फिल्डमा बलिया छौँ, जनताले समेत हामीप्रति विश्वास गरेका छन । पञ्चायतकालनमा राप्रपा कब्जामा रहेको कञ्चनपुर त्यसपछि काँग्रेस, एमाले, माअोवादी कब्जामा रहेको थियो ।
चुवानी भिडन्त कञ्चनपुरमा नेकपा, काँग्रेस, रास्वपा र एमाले
Published by:
Published on:
