एमाले २ चुनावी सभामा ः ओलीको नामै उच्चारण गरेनन, देउवाको प्रसंसा

Published by:

Published on:

ऐश्वर्या कुँवर

कञ्चनपुर निर्वाचन क्षेत्र २मा नेकपा एमालेको चुनावी सभामा आफ्नै पाटीका अध्यक्ष केपी शर्मा ओलीको नेताहरुले नामै उच्चारण गरेनन्, बरु फरक दल काँग्रेस सभापति शेर बहादुर देउवाको बढी प्रसंसा गरेका छन । चुनावी ¥यालीपछि झलारीमा आयोजित कोण सभामा चुनावी सभा सम्बोधन गर्ने एमाले नेताहरुले आफ्नै पाटीका अध्यक्ष केपी शर्मा ओलीको नेताहरुले नामै उच्चारण गरेनन्, बरु फरक दल काँग्रेस सभापति शेर बहादुर देउवाको बढी प्रसंसा गरेका हुन ।

बरु रास्वपा, काँग्रेस र नेकपा उम्मेदवार लक्षित गरेर भाषणाबाजी गर्दै गर्दै एमाले कञ्चनपुरका नेताहरुले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउनेविचको लडाई भएकाले त्यसमा विवेक प्रयोग गर्नुपर्ने बताएका थिए । एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुरका इन्चार्ज निरुदेवी पालले नयाँ दल भनेपनि पुरानै दलका नेता कार्यकर्ताहरु रहेको स्पष्ट पारेकी छिन । उनले देउवा देशका सच्चा सपुत भएको र देश बचाउन उनको भूमिका रहेको प्रसंसा गरेकी छिन । अहिले देउवालाई पनि काँग्रेसले सभापति खोसिदिएको भन्दै चिन्ता व्यक्त गरेकी छिन ।

एमाले क्षेत्र २का उम्मेदवार बचन बहादुर सिहले समेत आफुले जितेपछि काँग्रेस सभापति शेर बहादुर देउवाको सम्मान गर्ने बताए । काँग्रेस उम्मेदवार एनपी लक्षित गरेर पाटी सभापतिलाई अपमान गर्नेहरुलाई जिताउनु भन्दा आफुलाई जिताए देउवाको सम्मान गर्ने घोषणा गरेका छन । । समान्य मञ्चमा पनि पाटी अध्यक्ष ओलीको गुणगान गाउने एमाले नेताहरु अहिले आफ्नो पाटीका अध्यक्षको नाम लिनै छाडेर फरक दलका पुर्व नेतृत्वको नाम लिएर प्रंससा गर्न थालेपछि एमाले नेता कार्यकर्ताहरु आफ्नै पाटी नेतृत्वप्रति वाक्क भएको स्थानीय नेता कार्यकर्ताहरुको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार